Like us!
Follow us!
Connect us!
Watch us!

प्रगतिपथमा लम्की रहेको अपि पावर कम्पनी

सोमबार, २३ पुस २०७५, ११ : ५२ मा प्रकाशित

प्रगतिपथमा लम्की रहेको अपि पावर कम्पनी

अपि पावर कम्पनी लिमिटेड बिक्रम सम्बत २०६० साल असार ५ मा एक प्रभाइभेट लिमिटेड कम्पनीकोरुपमा स्थापना भई संचालन रहेको एक विद्युत विकास कम्पनी हो । यस कम्पनीमा स्थानीय तथा अन्य सुदुर पश्चिमका जनताहरुको लगानीमा सहभागिता जुटाउने उद्देश्यले विक्रम सम्बत २०७० श्रावण १० मा एक पव्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको छ ।

कम्पनीको शेयरमा सर्वसाधारणको लगानी खुल्ला गरेपछि यस कम्पनीका शेयरधनीहरुको संख्या ठूलो रहेको छ । ७ नम्वर प्रदेशमा नीजि लगानीबाट जलविद्युत आयोजना निर्माण गरी संचालन गर्ने पहिलो कम्पनी अपि पावर कम्पनी हो  । अपि पावरको सफलताबाट अहिले यस क्षेत्रमा धेरैवटा नीजि कम्पनीले  जलविद्युत आयोजनाहरु निर्माण गरिरहेका छन । सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा नीजि लगानीबाट जलविद्युत  विकासको थालनी गर्ने श्रेय अपि पावर कम्पनी लाई दिनु पर्दछ ।

७ नम्बर प्रदेश जलश्रोत विकासको दृष्टिले धनी छ । बहुचर्चित पश्चिम सेती, बुढीगंगा, छत्तिगाड चमेलिया आदि परियोजनाहरु निर्माणको प्रतिक्षामा रहेका छन । यहाँ उत्पादन हुने विद्युतशक्तिबाट प्रदेशको आवश्यकता परिपूर्ति गर्नु साथै भारत निकासी समेत गर्न सकिन्छ । किनभने महाकाली नदीमा निर्मित टनकपुर जलविद्युत आयोजना मार्फत नेपाल-भारत बीच विद्युत  आदानप्रदान गर्न सकिने १३२ केभि ट्रान्समिशनलाईन चालु रहेको छ । यो ठाँऊ नेपाल भारत बीच विद्युत व्यापारको एक विन्दुकोरुपमा रहेको छ । अहिले हामिहरु यहि लाईनबाट टनकपुरबाट प्राप्त हुने ६ मेगावाट तथा थप व्यापारबाट करिव १० मेगावट विद्युत आयात गरिरहेका छौं ।

महाकाली अंचलका बैतडी तथा दार्चुलामा समेत भारतबाट विद्युत आयात भईरहेकोछ । ७  नम्बर प्रदेशले विद्युत उतपादन वृद्धि गरेर व्पारको विस्तार गरेमा देशको बिशाल व्यापार घाटा कम गर्न सहयोग पुर्याउने देखिन्छ ।

अपि पावर कम्पनीले पहिलो आयोजनाकोरुपमा दार्चुला जिल्लाको देथाला गाविसमा बहने नौगडगाड नदीको पानी प्रयोग गरी ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण पुरा गरी सुसंचालन गरिरहको छ । यो आयोजनाको निर्माण पुरा भई बिक्रम सम्बत २०७२ साल भाद्र १ गतेदेखि अनवरतरुपमा विद्युत आपुर्ति गरिरहेको छ । यस आयोजनाबाट उत्पादन भएको विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको दार्चुला जिल्लाको शिखर गाविसको बलाचमा रहेको १३२ केभि डवल सर्किट ट्रान्समिशनलाईनमा जोडेर राष्ट्रिय ग्रीडमा आपुर्ति भईरहेको छ ।

भरपर्दो ट्रान्समिशनलाईनको कारणले यस आयोजनाबाट उत्पादन हुने सबै विद्युत केन्द्रीय ग्रीड प्रणालीमा आपुर्ति भईरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतको बिक्रीबाट प्राप्त हुने आयबाट बैंकको कर्जाको सवाँ, व्याज, संचालन खर्च तिरेर शेयरधनीहरुलाई लाभांश उपलव्ध भईरहेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई अहिलेसम्म १८ प्रतिशत लाभांश उपलव्ध गराई सकेको छ । कम्पनीले प्राप्त गर्ने नगद आय बैंक ऋणमा चुक्ता हुने हुँदा शेयरधनीहरुले बोनस शेयरकोरुपमामा लाभांश प्राप्त गर्द आउनु भएको छ । जलविद्यतु आयोजनामा हुने लगानीहरु दीर्घकालीन प्रकृतिका हुने हुँदा शेयरधनीहरुले तत्कालमा भन्दा पनि दीर्घकालीन लाभका दृष्टिले शेयरमा लगानी गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।

अपि पावर कम्पनी लिमिटेडको शेयर मिति २०७२ भाद्रमा सर्वसाधारणको लागनीको लागी निष्काशन गरिएको थियो । शेयर निष्काशन भएको तीनवर्षको समयावधि पुरा भई सकेको हुँदा प्रचलित नियमानुसार २०७५ कार्तिक २३ गतेदेखि अपि पावर कम्पनी लिमिटेडका सबै शेयरहरुको लक ईन खुल्ला भई स्वतन्त्ररुपले कारोवार भईरहेको छ । वजारमा शतप्रतिशत शेयर किनबेच हुने अवस्था उत्पन्न भएको छ र वजारमा शेयरको आपुर्ति बढेको छ । यसले लगानीकर्तालाई तरलता प्रदान गरेको छ ।

यस कम्पनीले दोश्रो आयोजनाकोरुपमा चालु रहेको नौगड गाड जलविद्युत आयोजनाको माथिल्लो खण्डमा ८.० मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण गरीरहेको छ । यो आयोजनाको निर्माण २०७५ साल चैत्र मसान्तसम्ममा पुरा भई बिक्रम सम्बत २०७६ साल बैसाख देखि विद्युत आपुर्ति गर्न सुरु गर्नेछ । यस आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको दार्चुला जिल्लाको बलाचमा रहेको १३२ केभि डवल सर्किट ट्रान्समिशनलाईनमा जोडेर राष्ट्रिय ग्रीडमा आपुर्ति हुनेछ ।

भरपर्दो ट्रान्समिशनलाईनको कारणले यस आयोजनाबाट उत्पादन हुने सबै विद्युत केन्द्रीय ग्रीड प्रणालीमा आपुर्ति हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युतको बिक्रीबाट प्राप्त हुने आयबाट बैंकको कर्जाको सवाँ, व्याज, संचालन खर्च तिरेर शेयरधनीहरुलाई थप लाभांश उपलव्ध हुनेछ ।

आफ्ना उद्येश्य प्राप्तको लागी काम गरिरहेको अपि पावर कम्पनीले अरुण कोबली पार लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली बि-१ जलविद्युत आयोजना तथा सिद्धकाली पावर लिमिटेडले निर्माण गरिरहेको त्रिसुली गल्छी जलविद्युत परियोजनामा लगानी गरी काम गरिरहेको छ ।

शौर्यशक्तिबाट विद्युत उत्पादन गर्ने सरकारका नीति रहेको छ । यस नीति अन्तर्गत सरकारले ग्रीडमा जोडने गरी ६४ मेगावाटका सोलार आयोजना निर्माणका लागी टेण्डर प्रकाशित गरेको थियो । सो टेण्डरमा भाग लिएर अपि पावर कम्पनीले जम्मा १८ मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने जिम्मा पाएकोछ । यी आयोजनामध्ये १४ मेगावाटका आयोजनाहरुको विद्युत खरीद सम्झौता सम्पन्न  भएको छ । यी आयोजनाहरुको निर्माण तुरुन्त सुरु गर्ने क्रममा रहेको छ ।  यी आयोजनाहरु ६ महिना भित्र निर्माण सम्पन्न गरी ग्रीडमा जडान गरि आय आर्जन गर्न   सकिनेछ ।

महाकाली अंचलको दार्चुला जिल भएर बहने दुई प्रमुख नदीहरुमहाकाली र चमेलिया हुन । चमेलियाको शाखा नदी भई बहने नौगडगाड आयोजनामा दुईवटा परियोजनाहरुको निर्माण पुरा भएपछि अपि पावर कम्पनी लिमिटेड चमेलिया नदीमा हालको चमेलिया जलविद्युत आयोजनाको माथिल्लो भागमा ४० मेगावाट क्षमताको अर्को एक जलविद्युत आयोजना निर्माणको लागी विद्युत खरीद सम्झौता सम्पन्न हुन लागेको छ । यो परियोजनाको लागी वित्तिय व्यबस्थापन गरी  आगामी वर्षदेखि निर्माण कार्य सुरु गरिनेछ ।

आफ्ना उद्येश्य प्राप्तको लागी काम गरिरहेको अपि पावर कम्पनीले अरुण कोबली पार लिमिटेड कम्पनीले निर्माण गरिरहेको काबेली बि-१ जलविद्युत आयोजना तथा सिद्धकाली पावर लिमिटेडले निर्माण गरिरहेको त्रिसुली गल्छी जलविद्युत परियोजनामा लगानी गरी काम गरिरहेको छ ।

माथि उल्लेख गरिएका कार्यहरु सम्पन्न गर्नका लागी कम्पनीको चुक्ता पूँजी रु. ११३.४ करोड तथा बैंकको ऋण र अन्तर कम्पनीको ऋणको उपयोग गरिएको छ । पूँजीको पर्याप्तता बढाउनको लागी कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग गरिरहेको छ । यस विधिबाट चालु वर्ष कम्पनीमा थप पूँजी संकलन हुने अनुमानमा माथिको विष्लेष आधारित छ ।

अपि पावर कम्पनीले विदेशी लगानी आकर्षित गर्नका लागी समेत काम गरिरहेको छ । यसका लागी विदेशी मुद्रामा हुने जोखिम व्यबस्थापनका लागी सरकारले एक Currency Hedging  Fund स्थापना गर्न लागेको समाचार बाहिर आएको लामो समय भएको छ ।यो नीति प्रकाशित भएपछि विदेशी मुद्रामा लगानी आकर्षित हुने विश्वास गरिन्छ । अन्तराष्ट्रिय वजारमा नेपालको Risk Grading र नेपाली बैंकहरुको Credit Rating गर्ने कुरा चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ । यसो भएमा विदेशी लगानी भित्रन सक्नेछ । देशले द्रुत गतिमा आर्थिक विकास गरिरहेको परिप्रक्षेमा बढदो लगानीयोग्य साधनको मागको परिपुर्ति गर्नका लागी विदेशी लगानीको बाटो सरल र खुकुलो बनाउन सरकारले काम गर्नु पर्दछ ।

देशमा उर्जा विकासको ठुलो संभालना रहेको र सरकारले यसलाई व्यबस्थित गर्नका लागी विद्युत नियमन आयोग गठन गर्न लागेको छ । नेपाल भारत बीच विद्युतको व्यापारको लागी बाटो खुलेको छ । कानूनहरु सरल बन्दै गएका छन । नेपालबाट भारततर्फ विद्युत व्यापार गर्ने हेतुले व्यापार कम्पनी खोलेर काम गर्न अपि पावर कम्पनी लागी परेको छ । निजी क्षेत्रमा धेरैवटा जलविद्युत कम्पनीहरु संचालनमा रहेका छन । यी कम्पनीहरुलाई मर्जर गरी एकत्र गरेर संगठीतरुपमा ठुलो कम्पनी बनाई संचालन गर्न सबैलाई सल्लाह दिन चाहन्छु ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको