Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई तनाव दिएको भन्दै ज्योति र एभरेस्ट बैंकमा तालाबन्दी तथा तोडफोड

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १६ : ०७ मा प्रकाशित

ऋणीलाई तनाव दिएको भन्दै ज्योति र एभरेस्ट बैंकमा तालाबन्दी तथा तोडफोड

ऋणीलाई तनाव दिएको भन्दै ज्योति र एभरेस्ट बैंकमा तोडफोड भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं निकट व्यक्तिहरुले आज झापाको बिर्तामोडमा रहेको ज्योति विकास बैंकमा तालाबन्दी तथा एभरेस्ट बैंकमा तोडफोड गरेको जनाइएको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा संगठन नागरिक युवा दस्ता ज्योति विकास बैंकमा पस्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । एभरेस्ट बैंकमा भने प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्दा सिसाहरु फुटेको छ ।

करिब १५० को संख्यामा रहेका प्रदर्शनकारीले नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले बैंकले दिएको टर्चरका कारण राजापुरका खुशीराम चौधरी आत्महत्या गरेको भन्दै बैंकका कर्मचारीलाई आत्महत्या दुरुत्साहन मुद्दामा कारवाही गर्न समेत माग गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको