Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया बनाउँदै, पिपिएमा हस्ताक्षर हुँदै

ramesh lamsal

बुधबार, ०८ फागुन २०७५, १२ : ०० मा प्रकाशित

अपि पावरले दार्चुलामा ४० मेगावाटको माथिल्लो चमेलिया बनाउँदै, पिपिएमा हस्ताक्षर हुँदै

अर्थ संसार, काठमाडा– नेपालको ऊर्जा उत्पादनको क्षेत्रमा सवाृत्कृष्ठ र पायोनियर कम्पनीको रुपमा स्थापित अपि पावर कम्पनलिे ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको कम्पनलिे जनाएको छ । सुदूरपश्चिमको विकट र पहाडी क्षेत्रमा आयोजना बनाउँदै राष्ट्रिय रुपमा योगदान गर्दै आएको अपि पावरले निकट भविस्यमा नै सो आयोजनाको आवश्यक काम सुरु गर्ने जनाएको छ ।

चमेलिया नदीमा पहिचान भएको आयोजना अपि चमेलिया पावर कम्पनीले निर्माण गर्न लागेको हो । अपि पावरको सहायक कम्पनीले अघि बढाउन लागेको आयोजनाको आगामी ७ देखि १० दिन भित्रमा विद्युत् खरीद सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरणले यस अघि नै अपि पावर कम्पनलिाई विद्युत् खरीद सम्झौता गर्न निमन्त्रणा दिइसकेको छ ।प्राधिकरणले अपि पावर कम्पनीलाई खबर गरेकाले छिट्टै सम्झौता हुने जनाइएको छ ।

कम्पनीले प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट अर्थात् प्रसारण सम्झौता गरिसकेको छ । प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलियाभन्दा १५ किलोमिटर माथि यो आयोजनाको भौतिक संरचना निर्माण गर्ने तयारी गरिएको छ ।

अपि पावरले सम्पन्न गरेको ८ मेगावाको माथिल्लो नौगाड आयोजनाबाट विद्युत उत्पादन सुरु भएपछि सबै निर्माण उपकरण तथा कर्मचारी चमेलियामा परिचालन गरिने भएको छ ।

आयोजनाको उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा कम्पनीले आवेदन दिइसकेको छ ।

सम्झौतामा हस्ताक्षर भए सँगै आवश्यक लगानी रकम जुटाएर निर्माणमा जाने तयारी गरिएको छ ।विसं  २०७६ बाट भौतिक संरचना निर्माणको काम थालिने कम्पनीको भनाइ छ ।

स्वदेशी लगानीमा निर्माण हुने आयोजनामा बैंक तथा वित्तीय संस्थाको ऋण र स्वपुँजी लगानी हुनेछ ।

आयोजनाबाट २०७९ फागुनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत्  प्राधिकरणको बलाँच सबस्टेसनमा जोडिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको