Like us!
Follow us!
Connect us!
Watch us!

साल्ट ट्रेडिङको खुद नाफा ४० प्रतिशतले बढ्यो,अन्य सुचकको अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १७ : ३९ मा प्रकाशित

साल्ट ट्रेडिङको खुद नाफा ४० प्रतिशतले बढ्यो,अन्य सुचकको अवस्था कस्तो ?

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । ब्याज खर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीको आम्दानीमा उच्च सुधार भएपछि खुद नाफामा समेत सोही अनुसारको आकर्षक बढोत्तरी भएको हो ।

खुद नाफा 
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ४० प्रतिशतले धेरै हो । यस कर्पोरेसनले गत वर्ष ३ करोड ७१ लाख नाफा आर्जन गरेको थियो । 

आम्दानी
कम्पनीको आम्दानी बढ्दा नाफामा वृद्धि देखिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँ रहेको आम्दानी अहिले बढेर ९ अर्ब ४५ करोड पुगेको छ । यसको अन्य आम्दानी २ करोड ६० लाखबाट बढेर २ करोड ७३ लाख पुगेको छ । 
 
चुक्ता पुँजी

साल्ट ट्रेडिङको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ । 

जगेडा कोष
कम्पनीको जगेडा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ जम्मा छ ।

प्रतिसेयर आम्दानी
यसअवधिसम्म आइपुग्दा कर्पोरेसनको प्रतिसेयर आम्दानी (वार्षिक) २१ रुपैयाँ ६० पैसा पुगेको छ । 

प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ भने २८९ रुपैयाँ ५५ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको