Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री महराको एक्सन प्लानः हरेक नेपालीको खातादेखि पूर्वाधार बैंकसम्म

बुधबार, ०५ माघ २०७३, १५ : ४७ मा प्रकाशित

अर्थमन्त्री महराको एक्सन प्लानः हरेक नेपालीको खातादेखि पूर्वाधार बैंकसम्म

अर्थ संसार

काठमाडौं–उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले  सबै नेपालीको खाता खोल्ने कार्यलाई अभियानको रूपमा अघि बढाउने भएका छन् । अर्थ मन्त्रालयमा बुधबार पत्रकारमाझ उनले एक्सन प्लान सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले यस्तो खाता शून्य मौज्दातमा खोल्न सकिने व्यवस्था गरी त्यसबापपत लाग्ने सेवा शुल्क सरकारले सहुलियत दिने बताए । उनले चालु आर्थिक वर्षभित्र कम्तीमा ७० प्रतिशत जनसंख्याको खाता खोलिसकिने दावी गरेका छन् । आगामी आर्थिक वर्षदेखि सरकारी क्षेत्रबाट हुने सबै नगद प्रवाह बैंक खातामार्फत् मात्र गर्ने प्रबन्ध गर्ने उनको तयारी छ ।

विप्रेषणबाट प्राप्तर रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आकर्षक वित्तीय प्रोत्साहनको व्यवस्था गरिने उनले बताएका छन् ।  साथै विप्रेषण पठाउने वैदेशिक रोजगारमा गएका व्यक्तिहरूको सामाजिक सुरक्षा स्कीम तयार गरी लागू गर्ने उनको योजना छ । ‘मेरो श्रम, मेरो विप्रेषण, मेरो देश निर्माणमा भन्ने नारामा आधारित भई यसलाई कार्यान्वयन गर्ने उनले बताएका छन् । हुण्डीको अवैध कारोवार नियन्त्रण गर्न यसअघि भएका अध्ययनहरू समेतका आधारमा तत्काल कारवाही थालिने उनको भनाइ छ ।

सरकारको संलग्नता र निजी क्षेत्रको अगुवाइमा पूर्वाधार विकास बैंक स्थापना गर्ने योजना पनि अर्थ मन्त्रीले अघि सारेका छन् ।केही ठूला आयोजनाको निर्माण कार्य तुरुन्तै शुरु गरिने उनको एक्सन प्लानमा छ ।  इञ्जिनीयरिङ, खरिद, निर्माण र वित्तीय प्रबन्ध गर्नसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको छनौट गरी केरुङ(काठमाडौं रेलमार्ग, काठमाडौं उपत्यका मेट्रो रेल र मोनो रेल, विद्युतीय रेलमार्ग, पूर्वपश्चिम राजमार्गको विस्तार र फास्ट ट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, ३ सय (५ सय मेगावाट क्षमताका जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न पहल गर्ने उनको योजना छ ।

 बूढीगण्डकी जलविद्युत, काठमाडौं(तराई मधेश द्रुतमार्ग, दोस्रो अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग, सघन शहरी विकास, स्मार्ट सिटी निर्माण, स्वास्थ्य बीमा, सामाजिक सुरक्षणलगायतका ठूला कार्यक्रमर आयोजनाहरू कार्यान्वयनका लागि छुट्टै संयन्त्र  स्थापना गरेर  कार्यान्वयन गरिने उनले बताए ।

विप्रेषणलाई बैंकिङ माध्यमबाट भित्र्याउन रोजगारदाता मुलुकसँग समन्वयमा तत्काल प्रणाली विकास गर्ने उनको योजना छ । यसका लागि वैदेशिक रोजगारीमा जाने सबै नेपालीको बैंक खाता अनिवार्य खोली सोही खातामार्फत् विप्रेषण आप्रवाह गर्ने व्यवस्था गर्ने उनको योजना छ । यसवापत लाग्ने कमिशनमा सरकारले छूट दिने उनले बताए । बजेट भाषणमा उल्लेख गरेजस्तै उनले विभिन्न महत्वाकांक्षी योजना सार्बजनिक गरेका छन् । म्याद तोकिएको सरकारको अर्थमन्त्रीको एक्सन प्लान कति कार्यान्वयन होला हेर्न केही समय पर्खनै पर्ने छ । 

यो पनि पढ्नुहोस्

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ? 

विदेशबाट टिभी ल्याउँदा कति लाग्छ भन्सार ? 

राष्ट्र बैंकले सस्तो दरमा ४० अर्ब दिँदा पनि बैंकहरुले लिएनन

अमृतनाथ रेग्मीको कारोबार अनुभवः त्यतिखेर एनआइडिसीको एक करोडको साधारण सेयर विकेन 

बाणिज्य बैंकलाई सेयर दलाल लाइसेन्सः नेप्सेले फ्याँक्यो धितोपत्र बोर्डको कोर्टमा बल

सिटिजन्स बैंकको ६ महिनाको नाफा ६० करोड

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको