Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको ६ महिनाको नाफा ६० करोड

बुधबार, ०५ माघ २०७३, १३ : ५५ मा प्रकाशित

सिटिजन्स बैंकको ६ महिनाको नाफा ६० करोड

अर्थ संसार

काठमाडौं–आर्थिक बर्षको ६ महिना वितेपछि बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण धमाधम सार्बजनिक गर्न थालेका छन् । यसैबीच विवरण सार्बजनिक गरेको सिटिजन्स बैंकले यस अबधिमा नाफा  ६० करोड ७६ लाख रुपैयाँ पुर्याएको जनाएको छ । बैंकले आर्थिक बर्षको पहिलो ३ महिनामा ३४ करोड रुपैयाँ नाफा गरेको विवरण सार्बजनिक गरेको थियो । त्यसयता करिव २७ करोड रुपैयाँ नाफा थपेको जनाएको छ । 

सिटिजन्सको चालु आथिएक वर्षको ६ महिनामा निक्षेप परिचालन, कर्जा लगानी र नाफामा उल्लेख्य वृद्धि भएको देखिएको छ , बैंकका अन्य सूचकहरु पुँजी पर्याप्तता, तरलता, कर्जा निक्षेप अनुपात सकरात्मक देखिएका छन् । बैंकले यस अवधिमा  २ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । यस अबधिमा बैंकको निक्षेप ५२ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । बैंकले यस अबधिमा कर्जा लगानीसमेत ४६ अर्ब ७८ करोड २० लाख रुपैयाँ पुर्याएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात १.३ प्रतिशतमा सीमित भएको छ । बैंकले प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा गरेको छ । चुक्ता पुँजी ५ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ रहेको बैंकले चुक्ता पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन मेहनत गर्नु पर्ने देखिएको छ । 

 

-- 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको