Like us!
Follow us!
Connect us!
Watch us!

बाणिज्य बैंकलाई सेयर दलाल लाइसेन्सः नेप्सेले फ्याँक्यो धितोपत्र बोर्डको कोर्टमा बल

बुधबार, ०५ माघ २०७३, १३ : ४० मा प्रकाशित

बाणिज्य बैंकलाई सेयर दलाल लाइसेन्सः नेप्सेले फ्याँक्यो धितोपत्र बोर्डको कोर्टमा बल

अर्थ संसार

काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिनेबारे बल धितोपत्र बोर्डको कोर्टमा फ्याँकेको छ । बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै बाणिज्य बैंकलाई लाइसेन्स दिने प्रक्रिया अगाडि बढाउन धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकसँग समन्वय गर्नुपर्ने भनेको छ । 

नेप्सेले बाणिज्य बैंकलाई लाइसेन्स दिनेबारे अध्ययन गर्न गठित कार्यदलले राष्ट्र बैंकको निर्देशनअनुसार बाणिज्य बैंकलाई लाइसेन्स दिन नमिल्ने भन्दै धितोपत्र बोर्डले समन्वय गरी लाईसेन्स दिने प्रक्रिया अगाडि बढाउनुपर्ने रायसहितको प्रतिबेदन बोर्डमा पठाइको विज्ञप्ति मार्फत जनाएको छ । 

नेप्सेले राष्ट्र बैंकको निर्देशनअनुसार बाणिज्य बैंकको सहायक कम्पनीले धितोपत्र दलालीसम्बन्धी कारोबार गर्न नपाउने भएकाले धितोपत्र बोर्डले राष्ट्र बैंकसँग समन्वय गरेर लाइसेन्स दिन सक्ने ब्यवस्था गर्न लगाउनु पर्ने बताएको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनले बैंक तथा वित्तीय संस्थालाई मर्चेन्ट बैंकिङ कारोबार गर्न सक्ने अधिकार दिएको छ । यसमा राष्ट्र बैकले दिने निर्देशनलाई बिशेष रुपमा आधार प्रदान गरिएको अबस्था छ । राष्ट्र बैंकले निर्देशन जारी गरेर बैंक तथा बित्तीय संस्थाका सहायक कम्पनीलाई धितोपत्र दलाली गर्न बन्देज लगाईएको छ ।

नेप्से बाणिज्य बैंकलाई सेयर दलाल लाइसेन्स दिन सकारात्मक नरहेको समाचार आइरहेका बेला उसले धितोपत्र बोर्डलाई जिम्मेवारी सुम्पेर पानीमाथिको ओभानो हुने प्रयास गरेको छ । 

587f21593eeb2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको