Like us!
Follow us!
Connect us!
Watch us!

विदेशबाट टिभी ल्याउँदा कति लाग्छ भन्सार ?

बुधबार, ०५ माघ २०७३, १३ : २३ मा प्रकाशित

विदेशबाट टिभी ल्याउँदा कति लाग्छ भन्सार ?

अर्थसंसार 

काठमाडौँ–के तपाईं विदेशबाट टेलिभिजन ल्याउने सोचमा हुनुहुन्छ ? स्वदेशमा ल्याउँदा टिभीमा लाग्ने भन्सार महसुलबारे थाहा पाउनु भएको छ ? सरकारले एलसिडी, एलइडी वा प्लाज्मा टेलिभिजनकोे छुट्टाछुट्टै भन्सार दर कायम गरेको छ । सरकारले छ महिनासम्म विदेश बसेका र त्यसभन्दा बढी अबधि बसेर फर्केकाहरुका लागि भन्सार महसुल छुट्टाछुट्टै तोकेको छ । बैदेशिक रोजगारीमा गएर एक बर्षपछि फर्कनेहरुले एक पटकका लागि ३२ इन्चसम्मको टिभी विनाभन्सार ल्याउन पाउने छन् ।

विभिन्न आकारको टेलिभिजनमा लाग्ने राजस्व रकम बेग्लाबेग्लै छ । जुनसुकै इञ्चको टिभीको पनि भन्सार सेवा शुल्क एउटै शुल्क लाग्छ । आर्थिक ऐन २०७० ले टिभीमा लाग्ने भन्सार महसुलको ब्यवस्था गरेको हो । सबै टिभीमा ५ सय ६५ रुपैयाँ भन्सार शुल्क लाग्छ । 

विदेशमा ६ महिनासम्म बसी फर्केका नेपालीका लागि १४ देखि २२ इञ्चको टिभीमा प्रति इञ्च २ सय रुपैयाँ राजस्व लाग्छ  । यसरी हेर्दा भन्सार महशुल इञ्च हेरेर २ हजार ८ सयदेखि ४ हजार ४ सयसम्म पर्छ ।  भन्सार सेवा शुल्क समेत जोड जम्मा महशुल ३ हजार ३ सय ६५ देखि ४ हजार ९ सय ६५  लाग्छ । 

यस्तै २३ देखि २८ इञ्चको टिभीमा प्रति इञ्च ३ सय रुपैयाँ राजस्व लाग्छ  । यसरी जम्मा भन्सार महशुल रकम २३ इन्चको ६ हजार ९ सयदेखि २८ इन्चको ८ हजार ७ सयसम्म लाग्छ ।  सेवा शुल्क समेत जोड्दा ७ हजार ४ सय ६५ रुपैयाँदेखि ९ हजार २ सय ६५ रुपैयाँ लाग्छ । 

यस्तैगरी ३० देखि ३२  इञ्चको टिभीमा प्रति इञ्च ४ सय ५० रुपैयाँ राजस्व लाग्छ  । यसरी हेर्दा भन्सार महशुल १३ हजार ५ सयदेखि १४ हजार ४ सयसम्म पर्छ । भन्सार सेवा शुल्कसमेत जोड्दा जम्मा महशुल १४ हजार ४ सय ६५ देखि १४ हजार ९ सय ६५ पर्छ ।

यस्तैगरी ३३ देखि ३९  इञ्चको टिभीमा प्रति इञ्च ५ सय ५० राजस्व रकम लाग्छ  । यस्तै ४० देखि  ४९ इञ्चको टिभीमा प्रतिइञ्च ६ सय, ५० इञ्च वा सोभन्दा माथिको  टिभीमा ६३ हजार ६५ देखि ६५ हजार ३ सय १५ सम्म जम्मा महशुल लाग्छ ।  यस्तै विदेशमा ६ महिनाभन्दा बढी बसेर फर्केका नेपालीका लागि १४ देखि ५०  इञ्च भन्दा माथिको  टिभीमा प्रतिइञ्च १ सय ५० देखि १२५० रुपैयाँसम्म भन्सार महशुल लाग्छ । 

587f2a88af3fb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको