Like us!
Follow us!
Connect us!
Watch us!

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ?

बुधबार, ०५ माघ २०७३, १५ : ०५ मा प्रकाशित

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ?

अर्थ संसार

काठमाडौं–नेपाल टेलिकमको पोस्टपेड मोवाइल हुनेले फोरजि चलाई सके । तपाईं प्रिपेड हुनेले फोरजी कहिले आउला भनेर कुरिरहनु भएको हो । अब तपाईंले धेरै दिन कुर्नु पर्दैन । 

नेपाल टेलिकमले आफ्नो बार्षिकोत्सवको अबसर पारेर आगामी माघ २२ गतेदेखि प्रिपेड मोवाइलमा समेत चौथो पुस्ताको सेवा उपलब्ध गराउन लागेको हो । नेपाल टेलिकमले तीन साताअघि पोस्टपेड मोवाइलमा फोरजी दिन थालेको हो । यस्तो सेवा अहिले काठमाडौं र पोखरामा मात्रै उपलब्ध छ । 

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले संसद्को विकास समिति बैठकमा प्रिपेडमा सेवा उपलब्ध गराउन काम गरिरहेको बताइन् । उनले पुराना प्रविधिलाई हटाएर नयाँ प्रविधि जडान गर्न समय लागेको बताइन् ।  

उनले ७५ वटै जिल्ला सदरमुकाममा थ्रीजी सेवा उपलब्ध गराइसको समितिको बैठकमा जानकारी गराइन् । उनले देशभरी १ हजार किलोमिटर अप्टिकल फाइबर विस्तार गर्न लगिरहेको बताउँदै अप्टिकल पुर्याउन नसक्ने ठाउँमा भिस्याटको प्रयोग गरेर मोवाइल र इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी दिइन् ।

यो पनि पढ्नुहोस्

विदेशबाट टिभी ल्याउँदा कति लाग्छ भन्सार ? 

राष्ट्र बैंकले सस्तो दरमा ४० अर्ब दिँदा पनि बैंकहरुले लिएनन

अमृतनाथ रेग्मीको कारोबार अनुभवः त्यतिखेर एनआइडिसीको एक करोडको साधारण सेयर विकेन 

बाणिज्य बैंकलाई सेयर दलाल लाइसेन्सः नेप्सेले फ्याँक्यो धितोपत्र बोर्डको कोर्टमा बल

सिटिजन्स बैंकको ६ महिनाको नाफा ६० करोड

प्रिपेडमा फोरजी सेवा कहिलेदेखि ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको