Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको साधारणसभा फागुन २७ गते, फागुन १३ गतेसम्म कायम शेयरधनीले ३४ प्रतिशत लाभांश पाउने

सोमबार, ०६ फागुन २०७५, ११ : ३७ मा प्रकाशित

नबिल बैंकको साधारणसभा फागुन २७ गते, फागुन १३ गतेसम्म कायम शेयरधनीले ३४ प्रतिशत लाभांश पाउने

अर्थ संसार, काठमाडौँ– नबिल बैंकले फागुन २७ गते ३४औं बार्षिक साधारणसभा डाकेको छ। बैंकले यसअघि घोषणा गरेको २२ प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ । लाभांस घोषणा गरेको तीन महिनापछि साधारणसभा बेलाएको छ ।

१२ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित भएपछि बैंकको चुक्ता पूँजी रु ९ अर्ब पुग्ने भएको छ ।

बैंकको साविकको संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले सार्वजनिक बोलकबोलमार्फत बिक्री गरेको १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने विशेष प्रस्ताव पनि अगाडि सारेको छ ।

बैंकको सञ्चालक समितिले संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाइसकेको छ । बैंकको हाल संस्थापक शेयर पूँजी ७० प्रतिशत छ भने सर्वसाधारण शेयर पूँजी ३० प्रतिशत छ।

एनआईडिसीले बोलकबोलमार्फत बिक्री गरेको १० प्रतिशत शेयर सर्वसाधारणभा परिणत भएसँगै सर्वसाधारण शेयर पूँजी ४० प्रतिशत पुग्ने छ भने संस्थापक शेयर पूँजी ६० प्रतिशतमा खुम्चिनेछ।  साधारणसभाका लागि बैंकले यही १४ गते बुकक्लोज गर्ने भएको छ । फागुन १३ गतेसम्म कायम शेयरधनीले ३४ प्रतिशत लाभांस पाउने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको