Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको आइपिओ खुला, स्थानीय र सर्वसाधारण दुवैले आवेदन दिन सकिने

सोमबार, ०६ फागुन २०७५, १० : २६ मा प्रकाशित

शिवम् सिमेन्टको आइपिओ खुला, स्थानीय र सर्वसाधारण दुवैले आवेदन दिन सकिने

अर्थ संसार, काठमाडौं– शिवम् सिमेन्टले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ)  फागुन ६ गत अर्थात आजदेखि बिक्री खुल्ला भएको छ ।

प्रतिकित्ता रु ३०० का दरले ४१ लाख २० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । उक्त शेयरमा फागुन ९ गतेसम्म आवेदन दिन सकिने छ । यो अवधिमा सबै शेयर नबिके चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ ।

सुरु देखि नै चर्चामा रहेको यो शेयरमा आवेदन दिने वा नदिने भन्नेमा लगानीकर्ताहरुले निकै अन्योलमा रहेका छन् । पहिला यसको मूल्य बढी भएको, स्थानीयले पनि दिएजति सबैमा आवेदन नदिएकाले चर्चामा रहेको शेयर अहिले न्यूनतम ५० देखि अधिकतम सबैमा आवेदन दिन सक्ने व्यवस्थाले झनै चर्चामा आएको छ ।  सर्वसाधारणले न्यूनतम ५० देखि अधिकतमसम्म आवेदन दिन सक्ने जनाएको छ ।

सर्वसाधारणका खुला भएको ४४ लाख कित्तामध्ये २ लाख २० हजार कित्तामा कम्पनीका कर्मचारीले आवेदन दिन सक्ने भएका छन् ।
यसअघि

आयोजना प्रभावित स्थानीयले प्रतिकित्ता ३०० सय मा आइपिओ किनेका थिए । आवेदन दिन चाहनेले सि आश्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रयोग गरेर आवेदन दिन सक्नेछन् । यसमा आवेदन खुला गरेको पहिलो देखि देखि नै संगठित संस्थाले पनि आवेदन दिन सक्नेछन् ।

5c6a3ae2e2a1d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको