Like us!
Follow us!
Connect us!
Watch us!

विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, लगेजमा ३३ किलो सुन ल्याउने समातिए

विहीबार, २१ पुस २०७३, १७ : ३७ मा प्रकाशित

विमानस्थलमा ठूलो परिमाणमा सुन बरामद, लगेजमा ३३ किलो सुन ल्याउने समातिए

अर्थ संसार

काठमाडौं–त्रिभुवन विमानस्थल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले युएइबाट नेपाल ल्याइँदै गरेको साढे ३३ किलो सुन बरामद गरेको छ। सुनसँगै एयर अरेविया कम्पनीको जहाजबाट आउँदै गरेका गोपालबहादुर शाही पक्राउ परेका छन् ।

बरामद सुनको बजार भाउ अनुसार १५ करोड रुपैयाँ भन्दा बढी पर्छ । बरामद सुनमा १० तोला दरका २४४ वटा बिस्कुट छन् । शाहीको साथबाट १८ वटा सुनका सिक्री र १९ वटा औंठीसमेत बरामद भएको छ । सुटकेसमा प्लाष्टिकले बेरेर ल्याइएको अबस्थामा सुन फेला परेको हो । शाहीसँगै सुन लिन एयरपोर्ट दिलबहादुर थापा र सन्तोष काफ्लेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

नेपालमा बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन् । पहिले ब्यक्तिलाई ५० ग्रामसम्म सुन ल्याउने दिइने गरेकामा अहिले यो ब्यवस्था हटाइएको छ । पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीहरुसँग कुरा मिलाएर सुन ल्याएको दावी गरेका छन् । यति ठूलो परिमाणमा सुन ल्याइएकाले उनीहरुले सेटिङ मिलाएको सजिलै अनुमान गर्न सकिन्छ । युएइहुँदै नेपाल आउनेहरुलाई भरिया बनाएर सुन ल्याउने गरिएको छ । 

यो पनि पढ्नु भयो ? 

अनलाइन कारोबार कहिलेदेखि ?

सिभिल बैंकमा ७७ जनालाई रोजगारीको अवसर

नेप्सेमा पूर्णिमा गुडविल र अरुणभ्यालीको २७ लाख कित्ता सेयर सूचिकृत

बजार घट्दा १० प्रतिशतले कमाउने कम्पनी कुनकुन ?

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

सुबिसु १७ औं वर्षमा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

बिग सेलमा उपभोक्ताको भिड

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको