Like us!
Follow us!
Connect us!
Watch us!
नेपाली ब्रान्डका जुत्ता चप्पलमा ७० प्रतिशतसम्म छुट

बिग सेलमा उपभोक्ताको भिड

विहीबार, २१ पुस २०७३, १२ : ३६ मा प्रकाशित

बिग सेलमा उपभोक्ताको भिड

अर्थ संसार
काठमाडौं–नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको बिग सेल मेलामा उपभोक्ताको भिड लागेको छ । मेलाको ६ दिन बितिसक्दा मेलालाइ हजारौ उपभोक्ताहरुले अवलोकन गरिसकेको आयोजकले जनाएको छ । बिग सेल मेलामा विभिन्न कम्पनीले जाडो याम लक्षित गरि नयाँ डिजाइनका जुत्ताहरु बिक्रिमा राखेका छन् ।

यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ७५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको विभिन्न जुत्ता उत्पादक कम्पनीहरुले दावी गरेका छन् । मेलामा १ सय ५० रुपैयाँदेखि १० हजारसम्मका जुत्ता तथा चप्पल छन् । यस मेलामा उपभोक्ताले सर्वसुलभ मूल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकले लिएको छ । 

नेपाली जुत्ता उद्योगहरुबाट उत्पादित गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुटसहित आश्चर्यजनक प्रतिस्पर्धि मूल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको उद्देश्य रहेको नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले बताए ।

मेलामा शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता, टाकुरा सुज, शु ल्याण्ड, सप्mट टच, फुटल्याण्ड, ईजी सुज् र टम टेलरजस्ता नेपाली ब्राण्डका जुत्ता छन् । मेलामा अफिसियल, क्याजुअल, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु उपलब्ध छन् ।

नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुमा ६ महिनाको वारेन्टी उपलब्ध छ । राष्ट्रिय नाचघर जमलस्थित मुख्य सोरुम सहित नेपाली जुत्ता घरले महाराजगञ्ज चक्रपथ, ललितपुरको कुमारीपाटी, नमस्ते सुपरमार्केट पुल्चोक र बुद्धमल बालाजुमा ५ वटा बिक्री कक्ष सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नु भयो ? 

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको