Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकमा ७७ जनालाई रोजगारीको अवसर

विहीबार, २१ पुस २०७३, १६ : ५४ मा प्रकाशित

सिभिल बैंकमा ७७ जनालाई रोजगारीको अवसर

अर्थसंसार

काठमाडौँ–सिभिल बैंकले ७७ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । बैंकले उपत्यकाभित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि १५ जना शाखा प्रबन्धकको लागि आवेदन खुल्ला गरेको छ । शाखा प्रबन्धकका लागि ४ वर्षको अनुभवसहित स्नातक गरेको हुनुपर्नेछ । व्यवस्थापन संकायबाट एमबिए वा एमबिएस गरेकालाई प्राथमिकता दिईने बैंकले जनाएको छ । 

यस्तै उपत्यकाबाहिरको शाखाका लागि १५ जना क्रेडिट रिलेसनसिप मेनेजरको लागि पनि दरखास्त आह्वान गरिएको छ । उक्त पदका लागि ४ वर्षको अनुभवसहित स्नातक गरेको हुनुपर्नेछ । व्यवस्थापन संकायबाट एमबिए वा एमबिएस गरेकालाई प्राथमिकता दिईने छ । 

 यस्तै उपत्यकाबाहिरको शाखाका लागि ७ जना अपरेसन इन्चार्जको लागि निवेदन खुल्ला गरिएको छ । उक्त पदका लागि पनि ४ वर्षको अनुभवसहित स्नातक गरेको हुनुपर्नेछ । व्यवस्थापन संकायबाट एमबिए वा एमबिएस गरेकालाई प्राथमिकता दिईने छ । 

यस्तैगरी उपत्यकाबाहिरको शाखाका लागि २० जना माइक्रोबैंकिङ एसिस्टेन्टको आवश्यकता परेको छ । उक्त पदका लागि माइक्रोबैंकिङ या फाइनान्समा १ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

 यस्तै उपत्यका बाहिरको शाखाका लागि २० जना जुनियर एसिस्टेन्टको लागि दरखास्त आह्वान गरिएको छ । उक्त पदका लागि १ वर्षको अनुभवसहित स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई पुस २९ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । ईच्छुक व्यक्तिले  civilbank.com.np मा गएर आवेदन गर्न सक्ने छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको