Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

विहीबार, २१ पुस २०७३, १४ : ५५ मा प्रकाशित

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

अर्थ संसार,काठमाडौं–नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरुमध्ये ११९ वटाले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । आर्थिक बर्ष सकिएको ६ महिना वित्न लाग्दा नेप्सेमा सूचीकृत २ सय २८ कम्पनीमध्ये आधाभन्दा केही बढीले मात्र लाभांश घोषणा गरेका हुन् ।

कम्पनी ऐन २०६३ अनुसार हरेक कम्पनीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्छ । अघिल्लो बर्ष गरेको मुनाफाबाट शेयरधनीलाई बाँडिने लाभांश साधारणसभामा लगेर पारित गर्नुपर्छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीमध्ये नगद लाभांश धेरै घोषणा गर्नेमा नेपाल लिभर देखिएको छ । यस कम्पनीले सेयरधनीलाई प्रति १ सय रुपैयाँको सेयर बराबर १ हजार २० रुपैयाँ बोनस बाड्ने निर्णय गरेको छ ।

यसै गरी बोसन सेयर धेरै बाँड्ने कम्पनीमा किसान माइक्रो फाइनान्स छ । उक्त कम्पनीले ६१ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ ।

(कसले कति दियो सूचिमा)

 

586e16da8e832.jpg 586e16e00bb97.jpg 586e16e6b2212.jpg 586e16e98aadc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको