Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा १० प्रतिशतले कमाउने कम्पनी कुनकुन ?

विहीबार, २१ पुस २०७३, १६ : १९ मा प्रकाशित

बजार घट्दा १० प्रतिशतले कमाउने कम्पनी कुनकुन ?

अर्थ संसार
काठमाडौं– अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार कारोबार हुने साताको अन्तिम दिन बिहीबार भने ३.७८ अंकले घटेको छ । सेयर बजारमा सवै समूहको परिसूचक राताम्मे भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम केही बढेको छ । यस दिन अघिल्लो दिनभन्दा कारोबार २ करोड रुपैयाँले बढेको छ । बजार पूँजीकरण १६ खर्ब २८ अर्ब ३८ करोड रुपैंयामा आईपुगेको छ ।


यस दिन बिमा सबैभन्दा बढी ४१.३४ अंक,  होटेल २.३१ अंक,  बिकास बैंक ४.८३ अंक जलविद्यूत ४.२९ अंक, वित्तिय १.६ अंक र अन्य समूहको ०.८७ अंकले घटेको छ ।घटेको बजारमा एनवि इन्सुरेन्स कम्पनी र कर्णाली डेभलपमेन्ट विकास बैंकका लगानीकर्ताले आफ्नो आम्दानी झण्डै १० प्रतिशतले बढाएका छन् । यता नागवेली लघुवित्त विकास बैंकका लगानीकर्ताले आफ्नो लगानीको ५.३९ प्रतिशतले गुमाएका छन् । त्यसै गरी प्रोग्रेसिप फाइनान्स कम्पनीका लगानीकर्ताले पनि ४.९ प्रतिशतले गुमाएका छन् ।  यस दिन १२८ कम्पनीको १२ लाख १२ हजार कित्ता सेयर ३५ करोड सात लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

यो पनि पढ्नु भयो ? 

अहिलेसम्म ११९ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी ज्ञवाली बर्खास्त

बिग सेलमा उपभोक्ताको भिड

को हो गरिब ?

स्वावलम्बन बैंकको ५३.६८ प्रतिशत लाभांश पारित

राजस्व चुहावट नियन्त्रणमा अपेक्षित सफलता भएनः अर्थमन्त्री महरा

रंगकर्मी विष्णुभक्त फुयाँलको अन्तिम विदाइ (फोटो फिचर)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको