Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड र नेप्सेको बजार विस्तार गर्ने प्रतिवद्धताले उचालियो सेयर बजार, ३० अंकको बढोत्तरी

विहीबार, १४ पुस २०७३, १६ : २३ मा प्रकाशित

धितोपत्र बोर्ड र नेप्सेको बजार विस्तार गर्ने प्रतिवद्धताले उचालियो सेयर बजार, ३० अंकको बढोत्तरी

अर्थ संसार

काठमाडौं–धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्जको सेयर बजार सुधार तथा बिस्तारमा तत्काल पहल थाल्ने प्रतिवद्धतापछि लगानीकर्ताले सकारात्मक प्रतिक्रिया जनाएका छन् । सेयर लगानीकर्ता संघले आन्दोलन सुरु गरेयताका पछिल्ला दुई दिन बजार ३५ अंकभन्दा बढीले बढेको छ । 

नेपाल स्टक एक्स्चेन्वमा धर्ना दिएको दिन बुधबार बजार झण्डै पाँच अंकले बढेको थियो भने धितोपत्र बोर्डमा धर्ना दिएको दिन बिहीबार बजार ३० अंकले बढेको छ । नियामक निकाय धितोपत्र बोर्डको बजार सुधारमा तत्काल कदम चाल्ने प्रतिवद्धतालाई लगानीकर्ताले पत्याएका छन् । 

साताको अन्तिम कारोबार हुने दिन बिहीबार बजार खुलेको १ घन्टामा १८ अंकले बढेको थियो । त्यसपछि लगानीकर्ता सुस्ताएकाले बजार १० अंकले घटेर १४२२ अंकमा आएको थियो । दिउँसो १ बजेपछि फेरि उकालो लाग्न थालेको बजार अघिल्लो दिनको तुलनामा ४२ अंकले बढेर १४५४ अंकमा पुगेको थियो । त्यसपछि केही घटेको बजार १४४३.४१ अंकमा बन्द भएको छ । बजार २.१४ प्रतिशतले बढेको छ । 

बढेको बजारमा कारोबार रकमसमेत अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँले बढेको छ । यस दिन ५६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन बजारमा १२६ कम्पनीका दश लाख ५६ हजार कित्ता सेयर किनबेच भए। समग्र बजार पूँजीकरण बढेर १६ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । बजार बढ्दा लगानीकर्ताको सम्पत्ति एकै दिन ३५ अर्ब रुपैयाँले बढेको छ । 

यसदिन सबैभन्दा बढी विमा समूहको सूचक २८६ अंकले बढेको छ ।यसपछि होटल ५५.६७, विकास बैंक २०.३३, जलविद्युत १०.९७, वित्त २१.७८ र अन्य १.७३ अंकले बढेका छन् । 

 यस दिन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सेयरमूल्य झण्डै १० प्रतिशतले कमाएका छन् । यस्तै युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रिमियर इन्सयोरेन्स, कञ्चन डेभलपमेन्ट बैंक, नागरिक लगानीकोषलगायतका कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् ।

धेरै गुमाउनेमा ललितपुर फाइनान्सका लगानीकर्ता परेका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । यसपछि वेस्टर्न डेभलपमेन्ट, मिर्मिरे माइक्रो, स्वोरोजगार लघुवित्त र काबेली विकास बैंक लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।

यसदिन सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीले बिहीबारै  करिब ३१ लाख कित्ता फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पायपछि यसको सेयरमा लगानीकर्ता आकर्षित भएका हुन् । यस कम्पनीको सेयर मूल्य पनि झण्डै ६ प्रतिशतले बढेको छ । 

यसपछि नेपाल टेलिकमको करिब चार करोडको कारोबार भएको छ । त्यस्तै बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक र एनबी इन्स्योरेन्सको पनि २ करोडके दरले कारोबार भएको छ । यस दिनको बजारको अबस्था हेर्दा लगानीकर्तामा बजारप्रति विश्वास जागेको देखिएको छ । विस्तारै बजार बढ्ने लगानीकर्ताले आँकलन गरेका छन् । 

यो पनि पढ्नुहोस्

एनआइसी एशिया बैंकको १ करोड २० लाख कित्ता बोनस सेयर सूचिकृत

सिटिजन्स बैंकको ७५ लाख कित्ता बोनस सेयर सूचिकृत

सेयर बजार सुधारमा तत्काल कदम चाल्ने धितोपत्र बोर्डको प्रतिवद्धता

पूर्णिमाको ३ लाख १० हजार कित्ता संस्थापक सेयर साधारणमा परिणत

नेको इन्सुरेन्सको २० प्रतिशत बोनस र सत प्रतिशत हकप्रदपछि मूल्य ७७९ रुपैयाँ

ज्योति विकास बैंकको सेयर मूल्य समायोजन, कति तोकियो ?

प्रभु बैंकमा ६ नयाँ निर्देशक नियुक्त

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको