Like us!
Follow us!
Connect us!
Watch us!

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

विहीबार, १४ पुस २०७३, १२ : ०८ मा प्रकाशित

छालाजुत्ता मेला सकिनासाथ फुटवयेर विजनेश एक्स्पो

अर्थ संसार

काठमाडौं–नेपाली जुत्ता घरको आयोजनामा बिहीबारदेखि फुटवेयर विजनेश एक्स्पो हुने भएको छ ।राजधानीको भृकृटीमण्डपमा शुरु हुन लागेको मेला यसअघि भएका ४ वटा बिगसेल मेलाको अर्को संस्करण हो ।

यस मेलामा जुत्ता तथा चप्पलहरुमा १५ देखी ७५ प्रतिशतसम्मको बिशेष छुटको व्यवस्था गरिएको आयोजकको दावी छ । मेलामा चर्चित शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, टाकुरा सुज, शु ल्याण्ड, फुटल्याण्ड र ईजी सुज गरि ९ वटा ब्राण्डका जुत्ता चप्पल उपलब्ध हुने छन् ।

मेलामा अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु समेत उपलब्ध हुने आयोजकको दावी छ । बिगसेल मेलामा करीव २ लाखको हाराहारीमा आगन्तुकहरुले अवलोकन गर्ने र करीव २५ दखी ३० हजार जोर जुत्ता चप्पल बिक्रि लक्ष आयोजक जुत्ता घरको छ ।

नेपाल छालाजुत्ता तथा बस्तु उत्पादक संघको आयोजना भएको सुट तथा बुट मेला सकिना साथ फुटवेयर विजनेस एक्स्पो हुन लागेको हो ।

यो पनि पढ्नुहोस्

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको