Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार सुधारमा तत्काल कदम चाल्ने धितोपत्र बोर्डको प्रतिवद्धता

विहीबार, १४ पुस २०७३, १५ : ५५ मा प्रकाशित

सेयर बजार सुधारमा तत्काल कदम चाल्ने धितोपत्र बोर्डको प्रतिवद्धता


लगानीकर्ताले बजारमा गरे यसको स्वागत 

अर्थ संसार
काठमाडौं–नेपाल धितोपत्र बोर्डले बजार सुधारका काम तत्काल थाल्ने भएको छ । बोर्डका प्रवक्ता निरज गिरीले आन्दोलनरत सेयर लगानीकर्ताले राखेका माग पूरा गर्न तत्काल कदम चाल्ने प्रतिबद्धता ब्यक्त गरे । सेयर बजारको विस्तारबारे विभिन्न माग लिएर आन्दोलनरत लगानीकर्तालाई बिहीबार सम्बोधन गर्दै प्रबक्ता गिरीले बजार सुधारका लागि तत्काल ठोस कदम चाल्ने बचन दिए । बोर्डको प्रतिबद्धतालाई लगानीकर्ताले सेयर बजारमा स्वागत गरेका छन् । बोर्डको भनाइको असर बिहीबारको सेयर बजारमा देखिएको छ । बजार ३० अंकले बढेको छ । 


बजार सुधारको माग राखेर केही दिनदेखि लगानीकर्ता आन्दोलनमा छन् । उनीहरुले  विहिबार नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा प्रर्दशन गरेका छन् । उनीहरुले बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बजार सुधारका लागि ६ बुँदे मागपत्रसमेत बुझाएका छन् । लगानीकर्ताले यसअघि नेपाल स्टक एक्स्चेन्ज घेराउ गरेर त्यसका महाप्रबन्धक सीताराम थपलियालाई ज्ञापनपत्र बुझाएका थिए । 
बोर्ड प्रबक्ता गिरीको सेयर दलालहरुलाई राजधानी बाहिर पठाउने बारे आईतबार नेप्से र दलालहरुसँग छलफल राखिएको जानकारी दिए । 

उनले नयाँ प्रबिधिमा आधारित अनलाईन कारोबार प्रणाली स्थापना गर्न नेप्सेलाई निर्देशन दिइसकेको बताए । नेप्सेको सिफारिस आए बाणिज्य बैंकहरुलाई सेयर दलाल लाईसेन्स दिइने उनले बताए । गैर आवासीय नेपालीहरुलाई बजारमा भित्र्याउने सम्बन्धमा अध्ययन भइरहेको बताए । उनले श्रीलंकाली मोडल प्रयोग गर्न सकिने बोर्डको सोच रहेको जानकारी दिए । 

सेयर लगानीकर्ता संघले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, ब्रोकरलाई काठमाडौं बाहिर शाखा खोल्ने कार्यअगाडि बढाउनुपर्ने, अनलाईन प्रणाली तुरुन्त कार्यान्वयनमा ल्याउनु पर्ने, बोनस, हकप्रद, मर्जर र सुचिकृत नीति समयसापेक्ष परिमार्जन गर्नुपर्ने, बजार निर्माता डिलर तुरुन्त ल्याउनुपर्ने र गैर आवासीय नेपालीहरुलाई सेयर बजारमा ल्याउन पहल गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको