Like us!
Follow us!
Connect us!
Watch us!

शिथिल अर्थतन्त्रको असर बैंकमा,साढे १३ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, ११ : ०० मा प्रकाशित

शिथिल अर्थतन्त्रको असर बैंकमा,साढे १३ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा

नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंकहरुको नाफमा देखिएको छ । पछिल्लो समय अर्थतन्त्र शिथिल अवस्थामा रहँदा त्यसको प्रत्यक्ष असर बैंकको नाफामा देखिएको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ। 

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले, यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाएका छन्।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको नाफा घटेको छ । ७ बैंकहरु भने नाफामा सुधार ल्याउन सफल भएका छन्।

सबैभन्दा बढी नाफा बढाउन सफल बैंक कृषि विकास बैंक रहेको छ। त्यसैगरी, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक समीक्षा अवधिमा नाफा बढाउन सफल रहेका छन्। रकमका आधारमा भने चैतको मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक लिमिटेड रहेको छ। 

त्यस्तै,नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको