Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई प्रवाह गरेको रकम आफैले चलाएपछि लक्ष्मी सनराइज बैंकका सञ्चालकलाई १० लाख जरिवाना

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १४ : ४९ मा प्रकाशित

ऋणीलाई प्रवाह गरेको रकम आफैले चलाएपछि लक्ष्मी सनराइज बैंकका सञ्चालकलाई १० लाख जरिवाना

लक्ष्मी सनराइज बैंक लिमिटेडको एक प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले ऋणीलाई प्रवाह गरेको रकम आफैले चलाएको पाइएपछि नेपाल राष्ट्र बैंकले कारवाही गरेको छ ।

संस्थापक शेयरधनी  राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई १२ करोड रुपैयाँ कर्जा प्रवाह गरी ११ करोड ४४ लाख रकम आफ्नो खातामा ट्रान्सफर गरी उपयोग गरेका थिए । खेतानले उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी भुक्तानी गर्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं ६÷८० को बुँदा ८ ( ख) मा भएको व्यवस्था उल्लङ्घन गरेको देखिएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) बमोजिम राजेन्द्र कुमार खेतानलाई राष्ट्र बैंकले १० लाख जरिवाना गराएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको