Like us!
Follow us!
Connect us!
Watch us!

बढेका सेक्टरले करेक्सन खोज्दा लगानीकर्तालाई सेक्टर रोटेसन गर्ने अवसर

अर्थ संसार

विहीबार, २८ मंसिर २०८०, ०८ : १९ मा प्रकाशित

बढेका सेक्टरले करेक्सन खोज्दा लगानीकर्तालाई सेक्टर रोटेसन गर्ने अवसर

मङ्सिर २० गते १८३० विन्दुसम्म टेकेको नेप्से परिसूचकले ८ दिनको अवधिमै २०१७ को विन्दुलाई छोएर १९८८ मा बुधबार बन्द भएको छ । बजारले लामो र्याली लिने बेला पालैपालो सेक्टरल रोटेसन गर्ने हुँदा लगानीकर्ता खास गरि ट्रेडरले पनि त्यसै अनुसारको रणनीति बनाउँदा प्रतिफल अधिकतम बनाउने अवसर पाउन सक्छन् । 

हरेक स्क्रीप्टमा एउटा टार्गेट हिट गरेपछि प्रोफिट बुकिङ हुने हुँदा ती स्क्रीप्टबाट प्राइसमेकरसँगै बाहिरिन सके उक्त स्क्रीप्टको करेक्सन समयमा अरु स्क्रीप्टबाट पनि नाफा गर्न सकिने हुँदा सेक्टर रोटेसनलाई महत्वपूर्ण मानिनेगर्छ । नेप्सेमा पनि अघिल्ला ट्रेन्डहरु हेर्दा अपट्रेन्डको शुरुवात हाइड्रो र फाइनान्सले शुरु गरि बैकिङ सेक्टर अन्त्यतिर बढ्ने गरेको छ । यस पटक होटेल एन्ड टुरिजम सेक्टरको उपसूचक ४६२० को न्यूनतम विन्दुबाट ५५६९ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब २०.५४ प्रतिशतको वृद्धि हो ।

यसैगरी ननलाइफ सेक्टरको उपसूचक ९३२७ को न्यूनतम विन्दुबाट ११११४ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब १९।१६ प्रतिशतको वृद्धि हो । लाइफ इन्स्योरेन्स सेक्टरको उपसूचक ९३२७ को न्यूनतम विन्दुबाट ११११४ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब २०.२६ प्रतिशतको वृद्धि हो ।

हाइड्रोपावर सेक्टरको उपसूचक १८९० को न्यूनतम विन्दुबाट २१७१ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब १४.८६ प्रतिशतको वृद्धि हो । फाइनान्स सेक्टरको उपसूचक १५७६ को न्यूनतम विन्दुबाट १७५० को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब ११.०४ प्रतिशतको वृद्धि हो ।

ट्रेडिङ सेक्टरको उपसूचक २५३६ को न्यूनतम विन्दुबाट २९१९ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब १५.१० प्रतिशतको वृद्धि हो । इन्भेस्टमेन्ट सेक्टरको उपसूचक ६३ को न्यूनतम विन्दुबाट ७३ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब १५.८७ प्रतिशतको वृद्धि हो । म्युचुअल फन्ड सेक्टरको उपसूचक १७.१५ को न्यूनतम विन्दुबाट १८.४० को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब ७.२ प्रतिशतको वृद्धि हो ।

विकास बैंक सेक्टरको उपसूचक ३५४२ को न्यूनतम विन्दुबाट ३९५० को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब ११.५१ प्रतिशतको वृद्धि हो । माइक्रोफाइनान्स सेक्टरको उपसूचक ३२०५ को न्यूनतम विन्दुबाट ३५५९ को अधिकतम विन्दुसम्म बढेको छ । यो पनि करिब ११.०४ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकिङ सेक्टरको उपसूचक ११२८ को न्यूनतम विन्दुबाट १२२१ को अधिकतम विन्दुसम्म बढेको छ । यो करिब ८.२४ प्रतिशतको वृद्धि हो । 

यसरी हेर्दा लाइफ र ननलाइफ तथा होटल सेक्टरका कम्पनी २० प्रतिशतको हाराहारीमा वृद्धि भइसकेका छन् । सेक्टरल रोटेसनको सामान्य मनोविज्ञान यो होकि कुनै पनि सेक्टर लगातार बढिरहदैन । यसै सामान्य सिद्धान्त अनुसार नै नेप्से विगतमा पनि चल्दै आएको देखिन्छ । अपट्रेन्डमा अन्य हलुका इन्डेक्सहरु घटेर फेरि बढ्न पनि भ्याउँछन् भने बैंकिङ जस्ता हेभी इन्डेक्स अपट्रेन्डको अन्त्यतिर बढेर करेक्सन आउँदा समग्र बजारलाई नै आफूसँग तल खसाल्ने गर्दछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको