Like us!
Follow us!
Connect us!
Watch us!

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गर्ने तयारी

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, ०८ : ४८ मा प्रकाशित

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गर्ने तयारी

सरकारले देशको पूँजी बजार सुधार सुधारमा ध्यान नदिएको भन्दै सेयर लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका छन् । 

अगुवा सेयर लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक संजालमार्फत लगानीकर्ताहरुलाई प्रदर्शनको तयारीमा जुट्न आब्हान गरेका छन् । 

उनले फेसुबुकमा लेखेका छन्, १६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन् !!!
#सरकार सजग रहनु होला # पूँजीबजारका लगानीकर्ता जोगाउनु होस्।

सरकारले नीतिगत सुधार गरी लामो समयदेखि संकटग्रस्त अवस्थामा रहेको पूँजी बजारलाई राम्रो बनाउन भुमिका खेल्नुपर्नेमा उल्टै वेवास्ता गरेको भन्दै लगानीकर्ताहरु आक्रोशित छन् । 

लगानी सम्मेलनमा सेयर लगानीकर्ताहरुले प्रदर्शन गरेमा नेपालमा लगानीको वातावरण नभएको भन्ने कुरा विदेशी लगानीकर्ताले थाहा पाउने भएकाले सेयर लगानीकर्ताहरु मौकाको सदुपयोग गरेर सरकारलाई तत्काल कदम चाल्न बाध्य बनाउने रणनीतिमा छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको