Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरूले साेमबारदेखि ब्राेकरकाे कार्यालयहरू बन्द गराउने, आइतबार साेल्टीमाेडमा प्रदर्शन गर्ने

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, १५ : ३४ मा प्रकाशित

लगानीकर्ताहरूले साेमबारदेखि  ब्राेकरकाे कार्यालयहरू बन्द गराउने, आइतबार साेल्टीमाेडमा प्रदर्शन गर्ने

लगानी सुरक्षाकाे माग गर्दै आन्दाेलनमा उत्रिएका लगानीकर्ताहरूले साेमबारदेखि सेयर ब्राेकरकाे कार्यालयहरू बन्द गराउने घाेषणा गरेका छन् ।

लगानीकर्ताहरूले आज माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आन्दाेलन कडा बनाउने घाेषणा गरेका हुन् ।

संघर्ष समितिका संयाेजक उपेन्द्र पाठकले ब्राेकर कार्यालय बन्दकाे क्रममा कुनै अप्रिय घटना भए त्यसकाे जिम्मेवार ब्राेकरहरू आफै हुनुपर्ने चेतावनी दिए । उनीहरूले भाेलि विहान साढे सात बजे लगानी सम्मेलनलाई लक्षित गर्दै साेल्टीमाेडमा प्रदर्शन गर्ने भएका छन् ।

सरकारले स्वदेशी लगानीकर्ताको माग र अवस्थालाई बेवास्ता गरेर विदेशी लगानीकर्तालाई लगानी सम्मेलन गर्न लागेको भन्दै आक्रोशित लगानीकर्ताले लगानी सम्मेलन केन्द्रित आन्दोलन गर्न लागेका हुन्। 

शुक्रबार विभिन्न लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर लगानीकर्ता उपेन्द्र पाठकको संयोजकत्वमा आन्दोलन परिचालित समिति गठन गरेको थियो । आज लगानीकर्ताहरुले माइतीघरमा आन्दोलनको पहिलो कार्यक्रम गर्ने १ बजे गरेका थिए। कार्यक्रममा बजारका चर्चित लगानीकर्ता निर्मल प्रधान देखि केशब कोइरालाको उपस्थिति रहेको थियो। 

662ccbf01f275.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको