Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, ११ : ५१ मा प्रकाशित

आशा लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांशको व्यवस्था भने गरेको छैन ।

कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ९ गते काभ्रेपलान्चोकको बनेपास्थित होटल उग्रचण्डीमा बस्ने गरि कम्पनीको साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख २४ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ । अर्थात वैशाख २३ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको