Like us!
Follow us!
Connect us!
Watch us!

वान प्लसका नयाँ मोडलका मोबाइल रिचार्जर एपमा

निशा हुमाँगाई

आइतबार, २१ भदौ २०७७, १३ : ५२ मा प्रकाशित

वान प्लसका नयाँ मोडलका मोबाइल रिचार्जर एपमा

अर्थ संसार, काठमाडौं – मोबाइल एप रिचार्जरले चर्चित ब्राण्ड वान प्लसका पछिल्लो संस्करणका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नयाँ पुस्तामा लोकप्रिय मानिएका वान प्लस ब्राण्डका पछिल्ला संस्करण वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल नेपालमा बिक्री गर्न रिचार्जरले वान प्लस मोबाइलको आधिकारिक बिक्रेता आई हब प्रालिसँग सम्झौता गरेको थियो । भदौ ११ गतेदेखि जारी मेगा ग्याजेट्स सेल मेलाको अवधि एक साता थप गर्दै रिचार्जरले एनआईसी एशिया बैंकसँगको सहकार्यमा वान प्लसका मोबाइलमा छुट अफर ल्याएको हो ।

अफर अन्तर्गत एनआईसी एशिया बैंकका खातावाहकले वान प्लस ८ र वान प्लस ८ प्रो मोबाइल किन्दा ३ हजार रूपैयाँ नगद फिर्ता पाउनेछन् । एनआईसी एशिया बैंकको इन्टरनेट बैंकिङ, डेविट तथा क्रेडिट कार्डबाट वान प्लस मोबाइलको महसुल भुक्तान गर्नेहरूले तत्काल ३ हजार रूपैयाँ नगद फिर्ता पाउनेछन् । त्यसैगरी, रिचार्जरले वान प्लसका मोबाइल खरिद गर्ने सबैलाई २ हजार रूपैयाँ बराबरको कोभिड प्रोटेक्टिभ गिफ्टह्याम्पर उपलब्ध गराउने जनाएको छ ।  

१२ जीबी र्याम र २५६ जीबी रोम भएको वान प्लस ८ को बजार मूल्य ९३ हजार ?पैंया रहेको छ भने १२ जीबी र्याम र २५६ जीबी रोमयुक्त वान प्लस ८ प्रोको बजार मूल्य १ लाख २५ हजार रूपैयाँ तोकिएको छ । 

 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको