Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न लागेकाे बुद्धभूमी हाइड्रोपावरले बोलायो सभा, कहाँ र कहिले हुँदै ?

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, १३ : ०६ मा प्रकाशित

आईपीओ निष्कासन गर्न लागेकाे बुद्धभूमी हाइड्रोपावरले बोलायो सभा, कहाँ र कहिले हुँदै ?

अर्थ संसार, काठमाडौं - बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीको जेठ ३२ गते आइतबार बसेको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २६ गते शुक्रबार कम्पनीको रजिष्टार्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा दिउँसाे ३ बजेबाट शुरू हुनेछ ।

सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । त्यस्तै, आईपीओ निष्कासन गर्ने र कम्पनीको पूँजीगत संरचना संशाेधन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्दैछ । जसमध्ये ४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएकाे कम्पनीले बताएकाे छ । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ भने शेयर निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको