Like us!
Follow us!
Connect us!
Watch us!

आँधिखोला लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, १० : ४५ मा प्रकाशित

आँधिखोला लघुवित्तले डाक्याे साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडाैं - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

संस्थाकाे जेठ ३१ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २२ गते साेमबार हाेटेल गाउँबेशी वालिङ-८, वालिङ स्याङ्जामा बिहान ११:३० बजेबाट शुरू हुनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थका लागि असार ८ गते साेमबारबाट असार २२ गते साेमबारसम्म संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, संस्थाकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।

संस्था​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5eec4a4dd960a.jpg 5eec4a564cc9c.jpg 5eec4a60a0ed8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको