Like us!
Follow us!
Connect us!
Watch us!

कञ्चन डेभलपमेन्ट बैंकलाई आफूसँगै गाभ्न एनएमबि बैंकले डाक्याे विशेष साधारण सभा

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, ११ : ५१ मा प्रकाशित

कञ्चन डेभलपमेन्ट बैंकलाई आफूसँगै गाभ्न एनएमबि बैंकले डाक्याे विशेष साधारण सभा

अर्थ संसार, काठमाडौं- एनएमबि बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे जेठ ३२ गते आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार २१ गते आइतबार कृष्णटावर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

यसैगरी, सभामा एनएमबि बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ति गर्ने सम्झौता गरेको हाे ।

बैंकले प्राप्ति गर्ने प्रयाेजनार्थका लागि असार १२ गते शुक्रबार एक दिनका लागि शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ असार ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5eec5f09703e4.jpg 5eec5f133c9a4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको