Like us!
Follow us!
Connect us!
Watch us!

चौतारी लघुवित्त र आरम्भ लघुवित्तले एकिकृत कारोबार गर्दै, के जुर्यो नाम ?

निशा हुमाँगाई

शुक्रबार, ०५ असार २०७७, १० : ०६ मा प्रकाशित

चौतारी लघुवित्त र आरम्भ लघुवित्तले एकिकृत कारोबार गर्दै, के जुर्यो नाम ?

अर्थ संसार, काठमाडौं - चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २२ गतेबाट एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले फागुन १८ गते, आइतबार नै ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई अन्तिम स्वीकृती प्रदान गरिसकेकाे छ ।

मर्जर पश्चात अब आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार  हुनेछ । दुवै कम्पनीको पुस ९ गते सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए । अब संस्थाकाे केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चोकमा रहनेछ ।

त्यस्तै, चौतारी र आरम्भ लघुवित्त १ बराबर १ शेयर स्वाप रेसियोमा मर्ज भएका हुन् । नेप्सेमा आरम्भ लघुवित्तको ६ लाख ४४ हजार २८० कित्ता र चौतारी लघुवित्तको १९ लाख ९० हजार २०० कित्ता शेयर सूचीकृत छ ।

5eec3e2e43d2a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको