Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड भन्छ : द्विविधालाई हटाएर स्पष्ट गरिदेउ

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, १४ : १५ मा प्रकाशित

धितोपत्र बोर्ड भन्छ : द्विविधालाई हटाएर स्पष्ट गरिदेउ

अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

बोर्डले धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्थाका लागि अनुरोध गर्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको हाे ।

यसैगरी, कतिपय कर कार्यालयले उक्त करलाई अन्तिम कर मानी कर चुक्ता प्रमाणपत्र दिने गरेको र कतिपय कर कार्यालयले स्पष्ट व्यवस्थाको अभावमा सो पूँजीगत लाभकरलाई अन्तिम कर निर्धारण गर्ने नगरिएको गुनासाहरु लगानीकर्ताहरुबाट प्राप्त भएकोले यस्ताे आग्रह गरिएकाे बोर्डले जनाएकाे छ ।

त्यस्तै, उक्त पूँजीगत लाभकरलाई अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाई हालसम्मको द्विविधालाई स्पष्ट गरिदिन बोर्डले अनुराेध गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको