Like us!
Follow us!
Connect us!
Watch us!

सिईडिबि हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, ०९ : ४५ मा प्रकाशित

सिईडिबि हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आव २०७७/७८ र २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १९ गते बुकक्लोज गर्दैछ । अर्थात आज वैशाख १८ गतेसम्म कारोबार भई कायम रहेका सेयरधनीले मात्र कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्न तथा कम्पनीको साधारण सभामा सहभागिता हुन पाउनेछन् ।

हाइड्रोले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बराबर बोनस शेयर र कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आगामी वैशाख ३१ गतेका लागि वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको