Like us!
Follow us!
Connect us!
Watch us!

रिडी हाइड्रोपावरले ह्वात्तै बढायाे नाफा

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, ११ : ३७ मा प्रकाशित

रिडी हाइड्रोपावरले ह्वात्तै बढायाे नाफा

अर्थ संसार, काठमाडौं - रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा कम्पनीले आकर्षक मुनाफा आर्जन गरेकाे छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ९ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ३०३ दशमलव ९२ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले ७६ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ३ करोड ९९ लाख ५५ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत वर्षकाे तुलनामा २४४ दशमलव ५१ प्रतिशतले  धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १ करोड १५ लाख ९७ हजार नाफा आम्दानी गरेको थियाे ।

यस्तै, कम्पनीले सञ्चालन नाफा पनि ९८ लाख ७ हजार रुपैयाँबाट बढाएर ३ करोड ३९ लाख ८१ हजार रुपैयाँ पुर्याएकाे छ ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ, जगेडा कोषमा ६ करोड ४ लाख ६१ हजार रूपैयाँ, प्रतिशेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३८ पैसा रहेकाे छ । 

कम्पनीले सार्वजनिक गरेकाे तेस्रो त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :

5ee9b37e4ea13.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको