Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी बैंकले धमाधम अन्तरिम लाभांश बाँड्दै, शेयरधनीलाई जरूरी सूचना (सूचनासहित)

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, ११ : ०४ मा प्रकाशित

सेञ्चुरी बैंकले धमाधम अन्तरिम लाभांश बाँड्दै, शेयरधनीलाई जरूरी सूचना (सूचनासहित)

अर्थ संसार, काठमाडौं – सेञ्चुरी बैंक लिमिटेडले ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्न शुरू गरेकाे छ । बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत अर्थात २५ करोड २४ लाख रुपैयाँबाट कर कट्टी गरी बाँकी रहने २३ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्न शुरू गरेकाे हाे ।

विश्वभर फैलिरहेकाे काेराेना भाइरसका कारण बैंककाे साधारण सभा स्थगित भएपछि बैंककाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट शेयरधनीलाई ३ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे हाे ।

बैंकले उक्त लाभांश शेयरधनीहरुले हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा धमाधम जम्मा गर्न शुरू गरेकाे हाे । उक्त लाभांश फागुन ३० गतेसम्म कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको