Like us!
Follow us!
Connect us!
Watch us!

एकाबिहानै थपिए १८ जना कोरोना संक्रमित

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, ०७ : ४४ मा प्रकाशित

एकाबिहानै थपिए १८ जना कोरोना संक्रमित

अर्थ संसार, काठमाडौं – नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । मंगलबार बिहानै गण्डकी प्रदेशका थप  १८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । याे सँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितको संख्या २ सय २३ पुगेको छ । गण्डकी प्रदेशको पाँच जिल्लाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

गोरखाको गोरखा नगरपालिकामा एक महिलासहित ८ जना पुरुष र बारपाक सुलिकोट गाउँपालिकाका दुई जना, स्याङजा चापाकोट नगरपालिकाका ४ जना तथा कास्कीको पोखरा नगरपालिका, बाग्लुङको ताराखोला गाउँपालिका, नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका एक एक जना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको