Like us!
Follow us!
Connect us!
Watch us!

दुई जना पत्रकारमा कोरोना संक्रमण

निशा हुमाँगाई

शुक्रबार, ०९ जेठ २०७७, १० : ४४ मा प्रकाशित

दुई जना पत्रकारमा कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (शुक्रबार) बिहान पुष्टि गरेकाे थप ३० जना संक्रमितमध्ये दुई जना पत्रकार रहेकाे जानकारी आएकाे छ । 

कपिलवस्तुमा पुष्टि भएका ९ जना संक्रमितमध्ये दुई जना पत्रकार रहेका हुन् । उनीहरूमध्ये एकजना कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षीय पुरूष र अर्काे संक्रमित वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षीय पुरूष रहेका छन् । 

त्यस्तै, एकजना बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी र अर्का संक्रमित एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका व्यक्ति रहेकाे पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको