Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथरमा चोरले एक तोला सुन निले, ३६ घन्टापछि यसरी निकालियो...

अर्थ संसार

सोमबार, २४ बैशाख २०८१, ०९ : ४१ मा प्रकाशित

पाँचथरमा चोरले एक तोला सुन निले, ३६ घन्टापछि यसरी निकालियो...

पाँचथरमा चोरी गर्नेक्रममा चोरले एक तोला सुन निलिदिएका छन् ।

जिल्लाको फिदिम नगरपालिका-१ बस्ने २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन चोरी गर्न जाँदा निलेका थिए । गरगहना भएको दराजमार्फत सुन निकाल्दै गर्दा देखेपछि सम्बन्धित परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तुरुन्तै पक्राउ गरि जाँच गर्दा १५ हजार नगद फेला परेको थियो भने एक तोला सुन गायब रहेको थियो ।

उक्त सुन निलेको आशंकामा एक्सरे गर्दा पेटमा धातु फेला परेको थियो । उक्त सुन ३६ घन्टापछि दिसाबाट निकालिएको प्रहरीले जनाएको छ । सुन झिकेर फिदिमकै सुनचाँदी पसलमा परीक्षणसमेत गरिएको थियो । गत चैत २८ गते भएको घटनापछि जिल्ला अदालतमा मुद्दा दायर भई वैशाख २३ गते एक लाख ५० हजार रुपैयाँ धरौटी बुझाई प्रतिवादी योङ्यालाई रिहा गर्न अदालतले आदेश दिएको थियो ।

तर धरौटी बुझाउन रकम नपुगेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको