Like us!
Follow us!
Connect us!
Watch us!

प्रगति गर्दै वोमी लघुवित्त : यस्ताे आयाे तेस्रो त्रैमासको वित्तीय विवरण

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १२ : १९ मा प्रकाशित

प्रगति गर्दै वोमी लघुवित्त : यस्ताे आयाे तेस्रो त्रैमासको वित्तीय विवरण

अर्थ संसार, काठमाडौं – वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार संस्थाले तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ७७ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ६.३९ प्रतिशत अर्थात २८ लाख ६६ हजार रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ४ करोड ४८ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ३६ लाख ६० हजार रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ४८.०५ प्रतिशत अर्थात ४ करोड ३३ लाख रुपैयाँले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड २ लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे । 

त्यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे सञ्चालन मुनाफा पनि ७.४६ प्रतिशतले बढेर ७ करोड ५७ लाख ३८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाकाे सञ्चालन  मुनाफा ७ करोड ४ लाख ७८ रुपैयाँ रहेकाे थियो ।

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी २७ करोड ७८ लाख रुपैयाँ, जगेडा कोषमा २० करोड ४० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९० पैसा र प्रतिशेयर नेटवर्थ ११७३ रुपैयाँ ४५ पैसा रहेकाे छ ।  

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

5eb8f2055c416.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको