Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, ०९ : ४० मा प्रकाशित

शुक्रबार कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

अर्थ संसार, काठमाडौं – नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा आज (शुक्रबार) एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०९ पैसा रहेकाे छ ।

त्यसैगरी, शुक्रबार एक कुवेती दिनारको खरिददर ३८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ९१ पैसा तोकिएको छ । आज एक बहराईन दिनारको खरिददर ३१७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१९ रुपैयाँ ०४ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ तोकिएको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

यसका साथै, शुक्रबार एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको