Like us!
Follow us!
Connect us!
Watch us!

नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको भारतीय विदेशमन्त्रीको भनाई

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, ११ : ५५ मा प्रकाशित

नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको भारतीय विदेशमन्त्रीको भनाई

भारतीय विदेशमन्त्री एस जयशंकरले नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णय एकपक्षीय भएको बताएका छन् ।

भुवनेश्वरमा मिडियासँग बोल्दै जयशंकरले आफ्नो धारणा प्रस्ट रहेको बताउँदै नेपालसँग सीमाबारे वार्ता गर्ने स्थापित प्लाटफर्म रहेको उल्लेख गरे । त्यसका बाबजुद नेपालले एकतर्फी रुपमा केही निर्णय गरेको उनको भनाई थियो । शुक्रबार क्याबिनेट बैठकको निर्णय सुनाउँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा रेखा शर्माले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने जानकारी दिएकी थिइन् ।

नेपाल २०२० मा नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशको सम्बन्ध न्यून विन्दुमा पुगेको थियो । त्यस अघि भारतले नेपालको कालापानीलाई समेत समावेश गर्दै उत्तराखण्डको नयाँ नक्सा सार्वजनिक गरेको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग रहँदै आएकोमा भारतले त्यस क्षेत्रमा एकतर्फी सडक निर्माण, सीमा अतिक्रमण जस्ता कार्य गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको