Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनमा अपराध बढ्दै : वडाध्यक्षमाथि नै गोली प्रहार

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १० : ५१ मा प्रकाशित

लकडाउनमा अपराध बढ्दै : वडाध्यक्षमाथि नै गोली प्रहार

अर्थ संसार, काठमाडौं – लकडाउनमा पनि दिन-प्रतिदिन अपराधहरू बढ्दै गएकाे छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बम विस्फोट भएकाे घटना सेलाउन नपाउँदै फेरि कपिलवस्तुकाे यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ ।

वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेका छन् । करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुतेका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिएका छन् ।

दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए । वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उनलाई नलागेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रनाउ मल्लले बताएका छन् । स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको