Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्नुपर्ने कारण नै छैन: कमलराज अधिकारी

अर्थ संसार

शनिबार, २२ बैशाख २०८१, १८ : ११ मा प्रकाशित

सेयर बजारका लगानीकर्ता कमलराज अधिकारीले विना कारण सेयर बजार घटिरहेको बताएका छन् । अर्थसंसारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । 

उनले भनेका छन् । ‘बजार घट्नुपर्ने  कारण नै छैन सरकार फेरबदल भइरहने र फेरीएको सरकारले आम लगानीकर्ताको मागलाई संबोधन नगरिदिने प्रवृतीका कारण लगानीकर्ताको मनोबल घटेको छ, तर नीतिगत हिसाबमा राज्यले कहि न कहि लगानीकर्ताका आवाज मागलाई संबोधन गर्ने हो भने मनोबल बढ्छ ।’ 

सरकारलाई दवाब दिने उद्देश्यले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ताहरुले आन्दोलन घोषण गरेको र अर्थमन्त्रालयका कर्मचारी र अर्थमन्त्रीका सल्लाहकारको वातार्ममा बोलाउने उधारो आश्वासनमा  सुरु भइसकेको आन्दोलन स्थगीत भएको  बताएका छन् उनले वार्ताको माहोल नबनेको खण्डमा फेरी आन्दोलनमा उत्रिले समेत बताए । 

लगानीकर्ताले राखेका माग अर्थमन्त्रालयले संबोधन नगरे फेरी आन्दोलनमा अगाडी बढ्ने बताएका छन् । 

‘लगानीकर्ताले राखेको माग राज्यले अथवा अर्थमन्त्रालयले पुरा गर्दैन भने हामी आन्दोलन गर्नेछौं । आम रुपमा देशभर रहेका लगानीकर्तालाई सविनयपूर्वक अनुरोध गर्नेछौं यो हाम्रो लगानी सुरक्षा गर्ने जीम्मा राज्यले लिनुपर्नेमा राज्यले लगानी सुरक्षको जीम्मा लिएन  र नलिएको कारण हामि आन्दोलनमा उत्रिनपर्छ भनेर हामि फेरी आह्वान गर्नेर्छौ लगानीकर्ता हाम्रो आन्दोलनमा  सहभागी हुनुहुन्छ भन्ने हामीलाई विश्वास छ ।’ उनले भने

यस्तै,लगानीकर्ताको शालीनता, मौनता र भद्रतालाई राज्यले कम्जोरीका रुपमा लिएको उनको भनाई छ ।

‘अहिलेको सन्दर्भमा सम्पतीमाथीको अधिकारलाई क्यापको सन्दर्भ लगाएर बजारलाई संकुचन गर्न खोजीएको छ यस्तो गर्न हुँदैन भन्ने लगानीकर्ता  र हामी संघसंस्थाहरुको माग हो । हाम्रो शालीनता,मौनता र भद्रतालाई राज्यले कम्जोरीका रुपमा लियो भन्ने लगानीकर्ताको बुझाई छ  ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको