Like us!
Follow us!
Connect us!
Watch us!

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, ०९ : ४० मा प्रकाशित

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

अर्थ संसार, काठमाडौं - रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका छन् ।

रुसमा एकैदिन ७ हजार ९९ नयाँ संक्रमित थपिएर कोरोना संक्रमतिको संख्या १ लाख पुगेकाे छ । विश्वभर कोरोना प्रभावित देशहरूमध्ये रूस आठौं स्थानमा रहेकाे छ ।

यसैगरी, उनी अस्पताल भर्ना भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रथम उपप्रधानमन्त्री एन्द्रेई बेलुसोभलाई दिइएको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । 

त्यसैगरी, ५४ वर्षिया मिखाईल प्रधानमन्त्रीका रूपमा जनवरीमा निर्वाचित भएका थिए । रूसमा कोराना भाइरसको रोकथामका लागि उनको महत्वपुर्ण भूमिका रहेको छ । हाल प्रधानमन्त्रीसँग सम्पर्कमा आएका सबै मन्त्रीहरूको लगातार कोरोना परीक्षण भइरहेको छ र अन्य कर्मचारीले मास्क अनिवार्य रूपमा लगाउनु पर्ने नियम ल्याइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको