Like us!
Follow us!
Connect us!
Watch us!

एसइई पछि कस्तो कलेज छान्ने, कुन विषय पढ्ने ? यस्ताे सल्लाह दिन्छन् विज्ञहरू

निशा हुमाँगाई

शुक्रबार, ०५ बैशाख २०७७, ०८ : ०२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं - भनिन्छ एसइई भनेकाे हरेक  विद्यार्थीदेखि अभिभावकसम्मलाई भविष्य निर्माण गर्ने आइरन गेट हो । एसइई पश्चात के गर्ने, कस्ताे खालकाे विषय छान्ने, कुन कलेज राेज्ने लगायतका कुराहरू विद्यार्थी र अभिभावकका लागि चासाे तथा चिन्ताकाे विषय बन्ने गरेकाे देख्न सकिन्छ । 

याे समयमा के सहि र के गलत भनेर छुट्टयाउन गाह्राे पर्दछ । हरेक विद्यार्थीहरुकाे भविष्यमा गएर के गर्ने भन्ने बारेमा सानैदेखि आफ्ना-आफ्ना इच्छा र सपना हुन्छ । जस्तै काेहि डाक्टर, काेहि नर्स, काेहि व्यापारी, काेहि इन्जिनियर, काेहि चार्टर्ड अकाउन्टेन्ट बन्ने सपना देख्छन् । एसइई पश्चात विद्यार्थीले पढ्ने पढाइका किसिमले नै उनीहरूको भविष्य निर्माण गर्दछ । 

एसइई पछि कस्तो कलेज छान्ने भन्ने विषयमा पीनाकल कलेजका प्रिन्सिपलले दिएकाे सल्लाह यस प्रकारकाे छ : 

१. कस्ताे विषय छान्ने ?

विषय छनाेट गर्दा एसइई पश्चात विद्यार्थीहरु दुइवटा धारमा जान सक्छन् एउटा 
टेक्निकल (प्राविधिक) शिक्षा र अर्काे जनरल शिक्षा, जहाँ प्राविधिक शिक्षा भन्नाले डिप्लाेमा काेर्स भन्ने बुझिन्छ जुन सिटिइभिटीले ( CTEVT) सञ्चालन गर्दछन् र त्यस अन्तर्गत चलेका छन् । जनरल शिक्षा अन्तर्गत विज्ञान संकाय, व्यवस्थापन संकाय जस्ता विषयहरू समावेश हुन्छन् । 

२. विषय छान्दा ध्यान दिनुपर्ने कुराहरू ?

क. विद्यार्थीकाे आफ्नाे इच्छा,

ख. परिवारकाे आर्थिक अवस्था,

ग. आफूले पढेकाे विषयकाे स्कोप,

घ.  विशेषज्ञसँग सल्लाह लिने,

ङ. शैक्षिक गन्तव्य प्राप्त गर्न सकिन्छ सकिँदैन हेर्ने ।

३. कलेज छान्दा ध्यान दिनुपर्ने कुराहरू ?

क. कलेजकाे इतिहास र नतिजा

ख. कलेजकाे व्यवस्थापन समिति र उनीहरूकाे निरन्तरता

ग. कलेजकाे वातावरण

घ.  कलेजले प्रदान गर्ने सुविधा

ङ. कलेजबाट छुट्टिएपछी पाइने अवसरहरू

अन्य जानकारीका लागि तलकाे भिडियाे हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको