Like us!
Follow us!
Connect us!
Watch us!
जिल्ला संवाददातादेखि प्रमुख कार्यकारी अधिकृतसम्म मागे माउन्टेन, भक्तिदर्शन र बिजनेस प्लस टेलिभिजनले

टेलिभिजनमा एकै पटक ३०९ जनालाई रोजगारीको अबसर

आइतबार, ०३ पुस २०७३, १५ : ०३ मा प्रकाशित

टेलिभिजनमा एकै पटक ३०९ जनालाई रोजगारीको अबसर

अर्थ संसार

काठमाडौं–तपाईं पत्रकारितामा आफ्नो करिअर बनानउन चाहनु हुन्छ ? तपाईंलाई अबसर दिँदै छ पद्म ग्रुपले । यस ग्रुपले सञ्चालन गरेका तीन टेलिभिजनका लागि एकै पटक जिल्ला संवाददातादेखि प्रमुख कार्यकारी अधिकृतसम्म गरी ३०९ जनाका लागि दरखास्त आह्वान गरेको छ । यस ग्रुपले सञ्चालन गरेको माउण्टेन टेलिभिजन, भतिmदर्शन इन्टरनेसल टेलिभिजन र बिजनेस प्लस टेलिभिजनका लागि त्यति धेरै पत्रकारलगायतका कर्मचारी मागेको हो । 

ग्रुपले तीन वटा टेलिभिजनका लागि छुट्टाछुट्टै प्रमुख कार्यकारी अधिकृत मागेको छ । उसले यस पदका लागि एमबिए वा सोसरह उर्तीण हुनु पर्ने योग्यता तोकेको छ । यसैगरी प्रशासकीय अधिकृतसमेत तीन जना मागेको छ । ती पदका लागि भने स्नतक गरेको भए हुने छ । 

यसैगरी संवाददाता २० जना मागएको छ । यस पदका लागि शैक्षिक योग्यता स्नातक वा सो सरह तोकिएको छ । यस्तै डेस्क इडिटरका लागि पनि २० जनाको दरखास्त खुल्ला गरिएको छ । उक्त पदका लागि शैक्षिक योग्यता स्नाकोत्तर वा सोसरह तोकिएको छ । 

उक्त समुहले १२ कक्षा उतीर्ण २० जना क्यामरा पर्सन र एमसिआर टेक्निसियन १५ जना पनि मागेको छ ।  यस्तै स्नातक वा सोसरह गरेका २० जनाको लागि मार्केटिङ एक्जुकेटिभ र बिबिए, बिबिएस वा सोसरह गरेका मार्केटिङ म्यानेजर ३ जनाका लागि पनि आवेदन मागिएको छ । 

टेलिभिजनले समाचार प्रस्तोता २० जना र दृश्य सम्पादक १५ जना पनि मागेको छ । ती दुवै पदका लागि १२ कक्षा उर्तिण हुनुपर्नेछ । त्यसै गरी मार्केटिङ  रिप्रिजेन्टेटिभ ५ जना र आईटी टेक्निसियन ५ जना कर्मचारी मागिएकामा ती दुवै पदका लागि १२ कक्षा उर्ताण हुनेले दरखास्त दिन सक्नेछन् । 

यसैगरी बिई कम्पुटर, बिसिए, बिएसी वा आइटीमा अनुभवी ५ जनाले आईटी इन्जिनियरमा आवेदन गर्न सक्ने छन् । यस्तै १२ कक्षा उर्तिर्ण २ जनालाई ग्राफिक्स एडिटरमा दरखास्त दिन भनिएको छ । 

तिन वटै टेलिभिजनका लागि काठमाडौँ उपत्यकाबाहेकका ७२ जिल्लामा पूर्णकालीन संवाददाता १४४ जनाको लागि पनि दरखास्त आह्वान गरिएको छ । ती पदमा आवेदन दिनेले १२ कक्षा उर्तिण गरेको हुनुपर्नेछ । यस्तै अनुभवी सवारी चालक ५ जना र १२ कक्षा उतिर्ण २ जना रिसेप्सनिस्टको लागि पनि दरआस्त आह्वान गरिएको छ । 

पद्म ग्रुपले सबै पदमा अनुभविलाई प्राथकिता दिईने बताएको छ । कर्मचारीको छनोट धनगडी, पोखरा, बुटवल, काठमाडौँ, विरगंज र विराटनगरमा गरिने कम्पनीले प्रकाशन गरेको विज्ञापनमा उल्लेख छ । आवेदन गर्नेहरुले आफ्नो इमेल [email protected]/[email protected]/[email protected]  ठेगनामा आवेदन र आफ्नो बायोडाटा पठाउन सक्नेछन् । 

यो पनि पढ्नुहोस्

रुरल माइक्रोफाइनान्सको लाभांस बुक गर्ने अन्तिम दिन पुस ११ सम्म

भार्गबको २० प्रतिशत बोनस कहिलेसम्म बुक गर्ने ?

लुम्बिनी फाइनान्सको ३५ प्रतिशत बोनस राष्ट्र बैंकबाट स्वीकृत

माछापुच्छ्रेको सेयर मूल्य समायोजन, कति तोकियो ?

मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने

लगानी खोज्न नसक्दा मेट्रो रेलको सपना अधुरै

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

फेसबुकले अस्मिता र सम्पत्ति खतरामा !

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

585658f3bfbbd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको