Like us!
Follow us!
Connect us!
Watch us!
आगामी १० बर्षसम्म ६६ प्रकारका नेपाली उत्पादनले अमेरिकी बजारमा भन्सार छुटसहित प्रवेश पाउने

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

आइतबार, ०३ पुस २०७३, ०९ : ०० मा प्रकाशित

अमेरिकी राष्ट्रपति ओवामाले जाँदाजाँदै गरे नेपाललाई सहुलियत दिने कानुनमा हस्ताक्षर

अर्थ संसार

काठमाडौं–अमेरिकी राष्ट्रपति बराक ओबामाले ह्वाइट हाउसबाट विदाइ हुँदाहुँदै नेपालका केही उत्पादनलाई भन्सार छुट दिने कानुनमा हस्ताक्षर गरेका छन् । अमेरिकी संसदले केही महिनाअघि पारित गरेको नेपालका लागि ब्यापार ग्राह्यता कार्यक्रम सृजना ब्यापार सहजीकरण तथा ब्यापार कार्यान्वयन ऐन (टिएफटिईए) मा ओबामाले हस्तक्षर गरेका हुन् । यसपछि उक्त ऐन कार्यान्वयनमा आउने छ । 

नयाँ ऐनले गलैंचा, टोपी, सल, स्कार्फ र भ्रमण सामाग्रीलगायत विभिन्न ६६ प्रकारका बस्तुका योग्यताका खास मापदण्ड पूरा गर्ने नेपाली बस्तुको आयातमा अमेरिकाले आषमी १० बर्षसम्म भन्सारछुट सुविधा प्रदान गर्ने छ। नेपालमा २०७२ सालको विनाशकारी भूकम्पले गरेको क्षतिपछि नेपालको आर्थिक पुनरोत्थानमा सघाउन अमेरिकाले यस्तो कानुन कार्यान्वयनमा ल्याएको हो । 

अमेरिकी बजारमा भन्सारछुट सुविधासहित प्रवेश पाउन हालसम्म अयोग्य रहेका केही नेपाली निर्यात सामग्रीहरुलाई यो कार्यक्रमले भन्सारछुट सुविधा उपलब्ध गराउँछ । यसले एक ब्यापार क्षमता अभिवृद्धि कार्यक्रमलाई समेत स्वीकृति प्रदान गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । जुन नेपाललाई विश्व ब्यापार संगठनको व्यापार सहजिकरणसम्बन्धी सहमति टीएफएको कार्यान्वयनमा नेपाललाई सघाउने कार्यमा केन्द्रीत छ ।

यस कानुनले नेपाली व्यापार व्यवसायका लागि अमेरिकी बजारमा आफ्नो निर्यात विस्तार गर्ने सुनौलो अवशर प्रदान गरेको नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेपलेट्जले बताएकी छिन् ।

यस्ता व्यापार ग्राह्यता कार्यक्रमले केही सहयोग प्रदान गर्ने तर लगानीलाई प्रोत्साहन गर्ने नीतिगत सुधार, उन्नत व्यापारिक वातावरण र सबै क्षेत्रलाई सहयोग गर्ने श्रम सुधारमार्फत नै अन्नत नेपालको बृहत आर्थिक विकाश हासिल हुने नेपालका लागि अमेरिकी राजदूत टेपलिट्जको भनाई छ ।

अमेरिकाका लागि मानार्थ बाणिज्य दूत ऋषिप्रसाद ढकालले टिएफटिईएमा राष्ट्रपति ओबामाको हस्ताक्षरपछि नेपालको ब्यापार विस्तार हुने विश्वास ब्यक्ति गरेका छन् । उनले नयाँ कानुनअनुसार आगामी १० बर्षसम्म ६६ प्रकारका नेपाली उत्पादनले भन्सार छुटमा अमेरिकी बजारमा प्रवेश पाउने बताए

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको