Like us!
Follow us!
Connect us!
Watch us!

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

आइतबार, ०३ पुस २०७३, ०९ : २१ मा प्रकाशित

विकिपिडियाको सांस्कृतिक सम्पदा फोटो प्रतियोगितामा अधिकारी पहिलो, कस्ता छन् टप टेन फोटो (फोटो फिचर)

 अर्थ संसार

काठमाडौं–विश्व खुल्ला कोशका रुपमा रहेको विकिपिडियाले साँस्कृतिक सम्पदाहरुको संरक्षण प्रबर्धनका लागि आयोजना गरेको यस बर्षको ‘विकि लभ्स मोन्युमेन्ट’ फोटो प्रतियोगितामा रोशनराज अधिकारी प्रथम भएका छन् । नेपालका साँस्कृति धरोहरको तस्बिरबीच विकिपिडियाले गराएको प्रतिस्पर्धामा नेपालका सम्पदाहरुको ८ हजार ५ सय ८७ तस्बिरमध्येबाट अधिकारीको तस्बिर छानिएको हो ।

यसै गरी प्रतिस्पर्धामा दीनेश श्रेष्ठको तस्बिर दोस्रो, अजय महर्जनको तस्बिर तेस्रो, विजयकुमार श्रेष्ठका तस्बिरहरु चौथो, छैठौं, सातौं र दशौं, गेर्ड इच्मानका तस्बिर पाँचौं र नवौं तथा अंगेश राठीको आठौं भए ।

विविपिडियाले गत सेप्टेम्बर महिनाभरि प्रस्तिपर्धाका लागि तस्बिर पठाउन भनेको थियो । ती तस्बिरमध्ये उत्कृष्ठ १० बरिष्ठ फोटो पत्रकारहरु मीन बज्राचार्य, दीपेन्द्र बज्राचार्य र जितेन्द्र बज्राचार्यको निर्णायक मण्डलले छानेको थियो । 

विकिपिडियाले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिस्पर्धामा प्रथम तस्बिरलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । यस्तै सबैभन्दा धेरै तस्बिर पठाउने अनुपराज राईले ५ हजार पुरस्कार पाएका छन् । त्यस्तै धेरै तस्बिर पठाउने अरु १५ जनालाई विविपिडियाले आफ्नो लोगो अंकित टिसर्ट प्रदान गरेको थियो । पुरस्कृत हुनेलाई बरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे ।

उत्कृष्ठ १० भित्र पर्ने फोटोलाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा पठाइने प्रतियोगिताका संयोजक नवीन सापकोटाले जानकारी दिए । उनका अनुसार आगामी अगस्टमा क्यानाडाको मन्ट्रियलमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा प्रथम हुनेले जानआउने खर्चसहित २ हजार युरो पुरस्कार जित्नेछन् ।

यसै गरी दोस्रो हुने २ जनाले १ हजार युरोका दरले र तेस्रो हुने दुई जनाले ५ सय युरोका दरले पुरस्कार पाउने छन् ।  विकिपिडिया नेपालले सन् २०१३ देखि हरेक बर्ष यस्तो फोटो प्रतियोगिता गर्दै आएको छ ।

58560c7a51964.jpg 58560c8fecf91.jpg 58560c951dbf9.jpg 58560c98ede0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको