Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पको पुनर्निर्माण गर्न २ खर्ब ७८ अर्ब रुपैयाँँ दिने भए विदेशीले

विहीबार, २३ मंसिर २०७३, १४ : २२ मा प्रकाशित

भूकम्पको पुनर्निर्माण गर्न २ खर्ब ७८ अर्ब रुपैयाँँ दिने भए विदेशीले


६७ अर्ब नियमित सहयोगबाहेक पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता तीन खर्ब ४३ अर्ब, दुई खर्ब ७८ अर्बको सम्झौता 


काठमाडौं- भूकम्पपछिको पुनर्निर्माणका लागि दातृ निकायले प्रतिबद्धता जनाएकोमध्ये करिब ८० प्रतिशत रकम प्राप्त भएको छ । १० असार ०७२ मा भएको दाता सम्मेलनमा दातृ निकाय तथा सरकारले ४ खर्ब १० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसमध्ये अहिलेसम्म २ खर्ब ७८ अर्ब रुपैयाँको सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सम्झौता भएपछि सरकारले गरेको खर्चअनुसारको रकम दाताले सोधभर्ना दिने गर्छन् ।

दाता सम्मेलनमा भारतले सबैभन्दा धेरै १ खर्ब र चीनले ७६ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । तर, उनीहरूले यही प्रतिबद्धताभित्रैबाट नियमित सहयोग पनि गर्ने बताएपछि ६७ अर्ब रुपैयाँ पुनर्निर्माणका लागि खर्च नहुने तय भएको थियो । भारत र चीनको नियमित सहयोग कटाएपछि वास्तविक सहयोगका रूपमा ३ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको थियो ।

दाता सम्मेलनमा प्रतिबद्धता जनाएका २५ दातामध्ये अन्तर्राष्ट्रिय मुद्रा कोष, युरोपेली युनियन, क्यानडा, बेलायत र जर्मनीले आफ्नो घोषणाअनुसारकै सम्झौता गरिसकेका छन् । तुलनात्मक रुपमा धेरै घोषणा गरेका भारत, चीन र जापानसँग थोरै रकमको सम्झौता हुन बाँकी रहेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

२७८ अर्बको सम्झौता स् अहिलेसम्म ४३ अर्ब खर्च

दाता सम्मेलनमा चार खर्ब १० अर्बको प्रतिबद्धता व्यक्त भए पनि ६७ अर्ब नियमित सहयोगतर्फको थियो । पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता ३ खर्ब ४३ अर्बमध्ये २ खर्ब ७८ अर्बको सम्झौता भएको छ । गत वर्ष ८१ अर्ब २२ करोड रुपैयाँ विनियोजन भएकोमा २२ अर्ब ४७ करोड रुपैयाँ खर्च भयो ।

खर्च हुन नसकेको ५८ अर्ब ७५ करोड रुपैयाँ चालू आर्थिक वर्षको बजेटमा जोडिएको छ । यस्तै चालू आर्थिक वर्षका लागि १ खर्ब ५ अर्ब रुपैयाँ थप बजेट विनियोजन गरिएको छ । त्यसमध्ये २१ अर्ब रुपैयाँ खर्च भएको छ । यो रकम निजी आवास निर्माणका क्रममा करिब पाँच लाख परिवारलाई प्रतिपरिवार ५० हजार दरले वितरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

महिला सहयात्राको बुक क्लोज तय, १० प्रतिशत बोनस बुक गर्ने मिति कहिलेसम्म ?

स्वाबलम्बनको बुक क्लोज कहिले, ५४ प्रतिशत लाभांश बुक गर्ने मिति याद गर्नुस्

६० प्रतिशत लाभांश दिने शिखरको ब्लुचिप सेयर किन्नु भयो ? लाभांश बुक गर्ने आज अन्तिम दिन

सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद खुल्यो, कहाँकहाँ भर्न पाइन्छ ?

धितोपत्र बोर्डको नयाँ मापदण्डले ककसको हकप्रद र एफपिओ रोकियो ?

नायिका गुरुङले गाइन ,ल्याईन गुरुङकी छोरी

प्रेस काउन्सिलको प्रतिनिधिमण्डल बंगलादेशमा

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको