Like us!
Follow us!
Connect us!
Watch us!

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

विहीबार, २३ मंसिर २०७३, ११ : ०८ मा प्रकाशित

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

अर्थ संसार

काठमाडौं–गोकर्णेस्वरका स्थानीय बासिन्दाले आफ्नो नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै त्यसलाई रोक्न कार्यकारी अधिकृतसँग माग गरेका छन् । उनीहरुले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाउँदै गोकर्णेस्वर नगरपालिकामा नक्सापास गर्दा, निर्माण सम्पन्न भएको प्रतिवेदन दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा कर्मचारीले व्यापक भ्रस्टाचार गर्ने गरेको गुनासो गरेका छन् ।

जनताले प्रत्यक्ष देखिने गरि कतै बिकास निर्माण नभएकाले आफूहरु नगरवासीको हितको लागि आन्दोलनमा उत्रिएको अभियानता सुदर्शन बजगाईले बताए । आफुहरुले नगरको हितमा आवाज उठाएर आन्दोलनमा लागेको र त्यसको म्यान्डेटअनुसार पहिलो चरणमा ज्ञापनपत्र बुझाएको उनको भनाइ छ । कार्यकारीलाई बुझाइएको १० बुँदे मागलाई बेवास्ता गरिए जस्तोसुकै कदम चाल्न आफुहरु बाद्य हुनेअभियानता राजु सुनारले बताए । 

ज्ञापनपत्र बुझाउनुअघि बजगाईले ज्ञापनपत्र पढेर सुनाएका थिए ।  बजगाई र सुनुवारले कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियालाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेपछी  कार्यकारी अधिकृत थपलियाले आफू जनताको मागप्रति सकारात्मक रहेको धारणा रखेकी थिईन । ज्ञापनपत्र बुझाउन नगरपालिकाका १६ वटा वडाकै नागरिक पुगेका थिए । 

गोकर्णेश्वरका बासिन्दाको नगरपालिकाका कार्यकारी अधिकृतसँगको माग यस्तो छ ।

5848f041dfca1.jpg 5848f041e5777.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको