Like us!
Follow us!
Connect us!
Watch us!

६० प्रतिशत लाभांश दिने शिखरको ब्लुचिप सेयर किन्नु भयो ? लाभांश बुक गर्ने आज अन्तिम दिन

विहीबार, २३ मंसिर २०७३, १२ : ५७ मा प्रकाशित

६० प्रतिशत लाभांश दिने शिखरको ब्लुचिप सेयर किन्नु भयो ? लाभांश बुक गर्ने आज अन्तिम दिन

अर्थ संसार

काठमाडौं–तपाईंले ६० प्रतिशत बोनस सेयर दिने शिखर इन्स्योरेन्सको ब्लुचिप किन्नु भयो ? आज बोनस बुक गर्ने अन्तिम मिति हो । शिखरले आगामी पुस ८ गते हुने १२ औं साधारणसभामा उक्त बोनसका साथ १० प्रतिशत थप फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने प्रस्ताव लैजाँदै छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले शुक्रबारदेखि साधारणसभा नभएसम्मका लागि बुक क्लोज हुने सूचना जारी गरेको छ । 

शिखरको अहिले चुक्ता पूँजी ५० करोड ९८ लाख ९७ हजार ३ सय रुपैंया छ । बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी  चुक्ता पूँजी ८१ करोड ५८ लाख ३५ हजार रुपैंया पुग्नेछ । त्यसपछि उक्त कम्पनीले सर्बसाधारण र संस्थापक सेयरको अनुपात ४०ः६० बनाउन १० प्रतिशत सेयर प्रिमियम मूल्यमा एफपिओ जारी गर्दै छ । 

बीमा कम्पनीमध्ये सबैभन्दा बढी लाभांश घोषणा गरेको शिखरको बजारमा सेयर मूल्य ३ हजार ६सय रुपैयाँ हाराहारीमा छ । लाभांश बुक गर्ने अन्तिम दिन भएकाले शिखरको कारोबार विहीबार १ बजेसम्म सबैभन्दा बढी भएको छ । 

यो पनि पढ्नुहोस्

सेवा विकास बैंकको १२० प्रतिशत हकप्रद खुल्यो, कहाँकहाँ भर्न पाइन्छ ?

धितोपत्र बोर्डको नयाँ मापदण्डले ककसको हकप्रद र एफपिओ रोकियो ?

नायिका गुरुङले गाइन ,ल्याईन गुरुङकी छोरी

प्रेस काउन्सिलको प्रतिनिधिमण्डल बंगलादेशमा

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

गोकर्णेश्वर नगरपालिकामा बढ्यो भ्रष्टाचार, स्थानीय बासिन्दा आन्दोलित

जेसीबीको नयाँ शाखा सुर्खेतमा, सेल्स, सर्भिस र स्पेयर सेवा दिने

विद्युत उत्पादक पब्लिक कम्पनीलाई हकप्रद जारी गर्न धितोपत्र बोर्डले तोक्यो सर्त

स्काईवर्थको नयाँ राइस कुकर बजारमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको